१७ बैशाख २०८१, सोमबार
2024-04-29

राजनीतिक दवावमा ठेक्काको काम उपभोक्ता समितिलाई

कोशी प्रदेश सम्वाददाता

विराटनगर। ठेक्का मार्फत गर्नु पर्ने कामलाई राजनीतिक दलका नेताहरुले राजनीतिक दवाव दिदै उपभोक्ता समिति मार्फत काम गराउदै राज्यको सम्पतिको दोहन गरि रहेका छन्।

विराटनगर महानगर पालिका वडा नम्बर ६ स्थिति उखुवारी भएको जग्गामा नोना कोइराला सामुदायिक भवन निर्माणको लागि ठेक्का मार्फत काम गराउनुपर्नेमा उपभोक्ता समिति मार्फत काम सुरु भए पछि यसले निकै चर्चा पाएको छ। उक्त भवन संम्पन गर्न्दा ३ करोड लाग्ने योजना भएकोमा पहिलो चरणमा ३० लाख खर्च गरेकोमा उपभोक्ता समिति मार्फत गरएको थियो। शहरी विकाश तथा भवन कार्यालय कोशी प्रदेश विराटनगरका तत्कालिन प्रमुख राम सोरण चौधरीले राजनीतिक दवावलाई थेग्न नसक्दा उपभोक्ता समिति मार्फत काम गराउन तत्कालिन नेपाली कांग्रेसका प्रभाशाली नेता एवं मन्त्रीको दवावका कारण ठेक्का मार्फत काम गराउन नसकेको कारणले अहिले कार्यालय भित्रे चर्चा परिचर्चा हुन् थालेको छ।

पुन: १० लाख निकासा गरि काम गराउन खोज्दा हालको कार्यालय प्रमुखबाट उपभोक्ता समिति मार्फत हुदेन ठेक्का लगाउनु पर्छ भने पछि काम अगाडी बढ्न सकेको छैन। जुन स्थानमा नोना कोइराला सामुदायिक भवन निर्माण गर्न ट्राईविम गरिएको छ। उक्त स्थान जग्गा व्यापारीले जग्गा दिएर सामुदायिक भवन बनाउन लागिएको हो। रिङ्ग रोड देखि उत्तर पश्चिम कैसिलिया खोला पुर्व उखु र खरवारिको बिचमा उक्त समुदायिक भवन बनाउने काम गरिएको छ। कैसिलिया खोलामा वाडी आएपछि खोलाको वाडीले उक्त क्षेत्र डुवान हुने गर्दैछ र खोलाले बगाएर ल्याएको लास समेत फेला पर्ने गरेको कुरा स्थानीय वासिन्दाको भनाइ रहेको छ।

जग्गा कारोवारिले जग्गा किनेर जग्गामा सामान्य बाटो निकालेका छन्। जहाँ भवन बनाउन लागिएको छ उक्त स्थान वस्ती छैन त्यहाँ सामुदायिक भवन बने पछि सरकारले उक्त स्थान सम्म पुग्न बाटो बनाई दिने हुँदा जग्गा दिएको हुनुपर्ने अनुमान सहजै गर्न सकिन्छ। उक्त स्थान बेलुका साँझ परे पछि कोहि जान सक्दैन त्यहाँ लगाएको फलामको रड समेत चोरी हुन् थालेको छ। यस्तो स्थानमा कुन प्रयोजन को लागि लगानी गरिएको छ यसको जवाफ कोशी प्रदेश सरकार एवं संघिय सरकारले दिनु पर्ने देखिन्छ।

प्रकाशित मिति: २०२३-११-०२ , समय : २१:३४:०७ , ६ महिना अगाडि

error: Content is protected !!