विराटनगर । थारू कल्याणकारिणी सभाको कार्यक्रम थारू कल्याणकारिणी सभाले कात्तिक १८ गते शनिबार विराटनगरमा चाड पर्व लक्षित विशेष कार्यक्रमको आयोजना गर्दैछ । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई कार्यक्रमको प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको छ । थारू कल्याणकारिणी सभा विराटनगर महानगर समितिले बिहीबार पत्रकार सम्मेलन गरेर कात्तिक १८ गते शनिबार विराटनगर वाड २ स्थित तीनपैनी चौकमा चाड पर्व लक्षित कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराए ।अझ पनि यो समुदाय मा थारु हरु को राजनीतिक सामाजिक , आर्थिक र शैक्षिक रुप मा पछि परेको । राज्यको कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिकामा न्युन उपस्थिति रहेको ले समुदाय उत्थानमा सहयोग पुगोस भन्ने उदेश्य सहित थारु कल्याणकारिणि सभा ले “हमर संस्कृति , हमर पहिचान , थारुके एकता आजुके आवस्यकता , थारुके एकता हमर सियाके प्रतिबद्धता ” नारा सहित कार्यक्रम गर्न लागेको प्रेसविज्ञप्ति मा जनाइएको छ।
सभाका विराटनगर महानगर समितिका सभापति एवं पूर्व एसपी विद्यानन्द माझीले नेपालीहरूको महान चाड पर्व विजय दशमी, शुभ दीपावली, गोठाले, शुखरात र छठ पर्वको अवसर पारेर आयोजना गर्न लागेको कार्यक्रममा थारू समुदायबाट एसइइ स्नातक र उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गर्न लागेको जानकारी प्रेस मिट मा जान्कारि दिए । राष्ट्र सेवक कर्मचारीबाट अवकाश प्राप्त थारू समुदायका पूर्व कर्मचारीलाई कार्यक्रममा सम्मान गर्ने कार्यक्रम रहेको सभापति माझीले बताए ।
सभाले कात्तिक १८ गते शनिबार नै खुल्ला दौड प्रतियोगिताको आयोजना गर्न लागेको छ । जहाँ २०० भन्दा बढि थारू समुदायका युवा युवतीहरु दौड प्रतियोगितामा सहभागिता जनाउने छ । दौड प्रतियोगिताका विजेतालाई ५ हजार, उप विजेतालाई ४ हजार र तृतीय हुनेलाई ३ हजार नगद सहित सम्मान प्रमाण पत्र प्रदान गरिने सभाका उपसभापति देविका विश्वास चौधरीले बताउनु भयो ।
कार्यक्रममा रक्त दान , बैंक तथा वित्तिय संस्था, प्राध्यापक, शिक्षक, इन्जिनियर, डाक्टर, थारू समुदायका लेखक साहित्यकार खेलाडी, व्यापारीलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: २०२३-११-०३ , समय : २०:२७:४७ , ११ महिना अगाडि