श्री सिंहवाहिनी रामधुनी सामुदायिक वनको १५ सदस्य उपभोक्ता समुह संचालक समितिका चयन

सुरेन्द्र कुशवाहा

भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ स्थिति रहेको श्री सिंहवाहिनी रामधुनी सामुदायिक वन उपभोक्ता समुह संचालक समितिका अध्यक्षमा बेचन प्रसाद मेहता र सचीवमा उमेश मेहता सहित १५ सदस्य चयन भएका छन।

रामधुनी समुदाय वन उपभोक्ता कार्यालयमा एक कार्यक्रमको योजना गरेर प्रमाणपत्र वितरण गरिएको हो। छैठौं साधारणसभा आम उपभोक्ताहरुको सर्वसहमत सहमति प्रक्रिया बाट नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह १ का सभापति समेत रहेकोका बेचन प्रसाद मेहताले वन उपभोक्ता समेतिको अध्यक्षमा चयन भएका हुन।

कार्यक्रम शिव नारायण मेहताको अध्यक्षतामा सुरु भएको थियोे । भने कार्यक्रमको उदघोष डिएन मेहताले गर्नु भएको थियोे । वन उपभोक्ता समुहको अध्यक्षमा बेचन प्रसाद मेहता ,उपाध्यक्ष गिता मेहता, सचीवमा उमेश कुमार मेहता,कोषाध्यक्षमा वविता उराँव , सहसचिवमा सेख ममताज ,सदस्यहरुमा शिव नारायण मेहता, लक्ष्यमण प्रसाद मेहता,अमकला मुखिया , विष्णु साह सहित १५ सदस्य सहित समिति चयन गरेका छन । वन उपभोक्ता समुह चयन भएका सम्पुर्ण पदाधिकारीहरु लाई एक कार्यक्रमको योजना गरेर सम्मान गरिएको छ । सम्मान कार्यक्रमा सम्पुर्ण पदाधिकारीहरु लाई प्रमुख अथिती ,विशिष्ट र अथितिहरुले अविरलको टीका लगाइ गम्छा सहित प्रमाणपत्र दिइएर सम्मान गरिएको वन समिति निर्वाचन संयोजक शिव नारायण मेहताले जानकारी दिनु भयो ।

प्रमुख अथिती गाउँपालिका अध्यक्ष अजमल अखतर आजाद ,विशिष्ट अथिती वन डिविजन राजु भुजेल पुर्व,अध्यक्ष हिरा लाल मेहता,नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह सभापति युवराज दाहाल , रामकुमार मेहता,नेकपा एसका सचीव चन्देश्वर मेहता, सभापति बेचन मेहता ,सेख ममताज, राप्रापाकालक्ष्यमण मेहता, रमेश मेहता, पुर्व कार्यपालिका सदस्य विश्वनाथ कर्ण पुर्व वडा सदस्य सुनिता उराँव , मनोज पोखरेल , कृष्ण राज विष्ट , रुद्र नारायण साह, पदम बस्नेत , असजाद अन्सारी शिव नारायण मेहता लगायत वन उपभोक्त सदस्यहरु उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २०२३-११-०४ , समय : १८:२५:४८ , ४ महिना अगाडि

error: Content is protected !!