२६ बैशाख २०८१, बुधबार
2024-05-08

देवानगञ्जमा लक्ष्मी पुजाकाे तयारी अन्तिम : भोलि कलश यात्रा निकाल्दै

जुगेश दास

देवानगञ्ज । सुनसरीको देवानगञ्ज बजारमा सदाझै यस वर्ष पनि लक्ष्मी पुजाकाे उपलक्ष्यमा भव्य कलश यात्रा तथा मेला हुने भएको छ । देवानगञ्ज गाउँपालिका वडा नं–२ मा रहेको श्रीकाली पूजा समिति देवानगञ्जको आयोजनामा यही २०८० साल कार्तिक २३ गते देखि काली पुजा तथा धार्मिक झाकी कार्यक्रमकाे हुने सम्पुर्ण तयारी पूरा भएको पूजा तथा मेला आयोजक समितिका रवी मिश्राले जानकारी दिनुभयाे ।

देवानगञ्ज वडा नं– २ मा मनाउँदै आएको श्री काली पुजा समितिले यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी श्री काली पुजा तथा मेला व्यवस्थापन समितिले तयारीमा जुटेको आयोजक समितीले जानकारी दिएका हुन ।

काली पूजा समितिका संस्थापक रहेका मनाेज भगतले यही कार्तिक २२ गते बुधबारका दिन पूजा शुभारम्भ तथा प्रसाद ग्रहण हुने साथै दुई दिन सम्म बिहान र बेलुकी पूजा आरती र भजन सन्ध्याको कार्यक्रम रहने जानकारी दिनुभएकाे छ ।

उक्त काली पुजा तथा मेलामा भारतको बिहार राज्य स्थित जाेगवनीबाट श्री महाकाल त्रिनेत्री झाकी गुरूप द्वारा विभिन्न धार्मिक नित्य गर्नुका साथै कलाकारहरूबाट भजन सन्ध्या प्रस्तुत गर्ने समेत भगतले जानकारी दिनुभएकाे छ ।

उक्त श्री काली पुजा तथा मेला कार्तिक २३ गते बिहीबारका दिन देवानगञ्ज बजार परिक्रमा गरेर विहान ७ बजे नजिकै रहेको बुढी खोलामा एक हजार भन्दा बढी कलश यात्रालाई सहभागी गराई कलश भरी मन्दिरमा राख्ने आयोजकले जनाएको छ ।

साथै उक्त कार्यक्रममा शान्त सुरक्षाका लागि इलाका प्रहरी कार्यालय देवानगञ्ज, सशस्त्र प्रहरी बल कप्तानगञ्ज, ट्राफिक प्रहरी हरिनगरा, देवानगञ्ज गाउँपालिका वडा नं– २ काे वडाकाे सहयाेग रहने जानकारी दिनुभयाे ।

प्रकाशित मिति: २०२३-११-०८ , समय : १७:२२:५६ , ६ महिना अगाडि

error: Content is protected !!