१५ जेठ २०८१, मंगलबार
2024-05-28

राष्ट्रिय योजना आयोगले १६ औं योजनाबारे छलफल

Aarya News

विराटनगर । राष्ट्रिय योजना आयोगले १६ औं योजनाबारे छलफल सुरू गरेको छ । कोशी प्रदेशबाट बिहीबार देखि सुझाव संकलन थालेको हो ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले काठमाण्डौंमा बसेर नभई लक्षित क्षेत्र र वर्गसँग बसेर योजना बनाउन आग्रह गर्नुभयो । उहाँले कोशी प्रदेशको भूगोल,रहनसहन र आबश्यकता त्यहिंका मानिसलाई थाहा हुने भएकाले सहभागितामूलक योजना बनाउन राष्ट्रिय योजना आयोगलाई आग्रह गर्नुभयो ।

कार्कीले सपनाको महलको परिकल्पना गर्ने नभई कार्यान्वयन हुने खालको योजना तयार पार्न आग्रह गर्नुभयो । उहाँले शिक्षा र स्वास्थ्यलाई लक्षित तरी भौतिक पूर्वाधारको उपयोग गर्न सक्ने जनशक्ती तयार पार्ने खालको योजना बनाउन सुझाव दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डा आरपी विच्छाका अनुसार नेपालमा योजनाहरू बन्ने तर कार्यान्वयन नहुने अवस्थाको अन्त्य गर्नेगरी १६ औं योजना बनाउन लागिएको छ । विच्छाले भने कार्यान्वयन हुने गरीको योजना बनाउन प्रदेश र स्थानिय तहस्तरमा पनि सुझाव संकलन थालिएको हो ।

उहाँले कोशी प्रदेशबाट सुरु गरिएको सुझाव संकलन कार्यक्रम सात वटै प्रदेशमा सञ्चालन गरिने छ । विराटनगरमा बिहीबार प्रदेश स्तरको र शुक्रबार पालिका स्तरको सुझाव संकलन कार्यक्रम राखिएको राष्ट्रिय योजना आयोगले जनाएको छ । कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका कर्मचारीहरू सरोकारवाला संघ संस्था र निकायका पदाधिकारीहरू नागरिक समाजका अगुवाहरू लगायतको सहभागिता रहेको छ । ।

प्रकाशित मिति: २०२३-११-११ , समय : ०८:०६:१५ , ७ महिना अगाडि

error: Content is protected !!