१७ बैशाख २०८१, सोमबार
2024-04-29

जनप्रतिनिधि, नेता र पत्रकारको दवावमा सशस्त्र प्रहरी

मधु सुधन ज्ञवाली

File Photo

विराटनगर। भन्सार छली गर्ने समुहलाई निरुत्साहित पर्ने उदेश्यले गठन गरि परिचालन गरिएको सशस्त्र प्रहरी बल भन्सार राजश्व गस्ती टोलि विराटनगरले सोचे जति काम गर्न सकेको छैन।

खुला सिमानाको कारण र भारत संग सिमा जोडिएको वडामा रहेका स्थानीय केहि जनता केहि जनप्रतिनिधिहरुले दवाव दिएर तस्करी गर्नेलाई प्रोत्साहन दिदै आएका छन्। यहाँ जनप्रतिनिधिले मात्र होइन राजनीतिक दलका नेताहरुले समेत नियन्त्रणमा लिएको सामान छोडी दिनका लागि दवाव दिने र मैले भनेको नमानेमा देखाई दिन्छु भन्दै धम्कि समेत दिन गरेका छन्। सशस्त्र प्रहरी बल नोचा मोरङलाई केहि स्थानीय जनप्रतिनिधिले व्यापारिक सामानलाई घरको भन्दै फोन गरे र दवाव दिई रहेका छन्।

यसलाई हेर्दा अप्रत्यक्ष रुपमा दलका नेता एवं केहि जनप्रतिनिधिको लगानी भएको हुनपर्ने अनुमान सहजै लगाउन सकिन्छ। यस प्रकारको रोग विराटनगर रानीमा पनि कायमै छ। सर्वसाधारणलाई त्यहाँ कार्यरत सशस्त्र प्रहरी बलले दुख दिएको भन्दै केहि राजनीतिक दलका नेताले दुख दिन पाइदैन भन्दै विराटनगर भन्सार रानी २ नम्बर ढाट नै बन्द गराएका थिए। उक्त क्षेत्रमा केहि महिना अगाडी अपाङ्गले समेत ढाट बन्द गर्ने प्रयास गरेको थियो। यसलाई त्यहाँ कार्यरत सशस्त्र प्रहरी बलको टोलि सामान्य रुपमा लिदै आएका छन्।

उक्त क्षेत्र अन्तराष्ट्रिय बोर्डर त्यहाँ कसैले फोटो खिचेमा भन्सार प्रमुख संग अनुमति लिनुपर्छ भने गरिन्छ तर ढाट बन्द गरि सामान्य रुपमा लिने गरिछ। यसलाई कुन रुपमा लिने सम्बन्धित निकायले बुझ्ने कुरा हो। त्यहाँ कार्यरत सुरक्षा कार्य सशस्त्र प्रहरी बलले समय समयमा नियन्त्रणमा लिएको सामान मध्ये ५० प्रतिसत सामान पनि भन्सार दाखिला हुदैन। जसको सामान नियन्त्रणमा लिइन्छ उक्त सामान भन्सारमा दाखिला गरिन्छ भनेर विश्वास गर्न छोडेका छ्न। सशस्त्र प्रहरी बलले बरामद गरेको सामान तत्काल भन्सार दाखिला गर्नुपर्नेमा दाखिला गर्ने काम गराएमा सशस्त्र प्रहरी प्रति शंका गर्ने ठाउँको अन्त हुने कुरा तर्फ सशस्त्र प्रहरी बलले ध्यान दिएको छैन।

यस तर्फ विराटनगर भन्सार कार्यालय सुचना अधिकृत परशुराम दाहाल संग जिज्ञासा राख्दा यस विषयमा सरोकारवाला निकाय संग कुरा राख्ने जवाफ दिनु भयो। वहाले भन्सार क्षेत्रमा कार्यरत अफिसर संग कुरा राख्दा सामान नियन्त्रणमा लिए पछि राजनीतिक दलका नेता एवं केहि पत्रकारले मेरो मानिसको सामान हो छोरी दिनु भनेर दवाव दिने गरेको कारण नियन्त्रणमा लिएको सामान फिर्ता दिनु पर्ने काम हुने गरेको जवाफ सुचना अधिकृतलाई दिएको एक कर्मचारीले बताएका छन्।

नियन्त्रण लिएको सामानलाई तत्काल भन्सार कार्यालयमा दाखिला गर्न त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई भने पनि सो हुन् सकेको छैन। यसले गर्दा आम जनता सशस्त्र प्रहरी प्रति विश्वास घटी रहेको छ।

प्रकाशित मिति: २०२३-११-१४ , समय : ०८:४९:४१ , ६ महिना अगाडि

error: Content is protected !!