२५ बैशाख २०८१, मंगलबार
2024-05-07

बसबरियामा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

राधेश्याम कुशवाहा

सर्लाही, भवानीपुर । सर्लाहीको बसबरिया गाउँपालिकामा बसबरिया काठमाडौं सेवा समाजको आयोजनामा शुभ दिपावली तथा छर्ठ पर्वको शुभ अवसरमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बसबरिया -३ भवानीपुर स्थित मावी विधालयको प्राङ्गणमा मधेस सरकारका स्वास्थ तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न उहाँको स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिए ।

शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै मधेस प्रदेशका स्वास्थ तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंहले कार्यक्रम आयोजनाका लागि बसबरिया काठमाडौं सेवा समाजलाई विशेष धन्यवाद दिए । उहाँले हिन्दुहरुको महान पर्वको पावन अवसरमा सम्पुर्ण बसबरिया गाउँपालिका वासीको सुस्वास्थ दिर्घाय तथा सुस्वास्थको कामना गर्दै गाउँवासी लगायत आयोजक संस्थालाई जस्तोसुकै सहयोग गर्न हरपल तयार रहेको उहाँले विश्वास दिलाए ।

आफु मधेस प्रदेशका स्वास्थ मन्त्री भएका नाताले सहयोगका लागि आउने जुनसुकैलाई पार्टी,जातिको आधारमा कुनै भेदभाव नगरी सहयोग गर्ने उहाँले प्रतिबद्धता दिलाए ।

बसबरिया काठमाडौ समाजले स्थानीय आपतविपद परेको बेला आर्थिक सहयोय तथा उपचार गराउदै आएको कामको प्रशंसा गर्दै आफनो दायरा फराकिलो बनाई समाजको समृद्धि र विकासका लागि समेत हातेमालो गरेर अघि बढन उहाँले सुझाए ।

बसबरियामा बृहत् रुपमा चाडैं शल्यक्रिया सहितको स्वास्थ शिविर सन्चालन गरिने उहाँले जानकारी गराए । मन्त्रं सिंहले भने । युवाहरू समाज परिवर्तनको सम्वाहक रहेको बताउदै बसबरिया गाउँपालिका समेत राजनीतिक रुपमा रोगी भएको भन्दै सबै मिलेर उपचार गर्नुपर्ने बताए ।
बसबरिया गाउँपालिकाको प्रशासकिय भवन साविक ठाउँबाट विभिन्न बहानामा अन्यत्र सार्ने राजनीतिक हुँदै आएको दाबी गर्दै यस्ता कार्य कुनै शर्तमा स्वीकार्य नहुने उहाँले चेताए ।

समाजमा समाजिक सद्भाव तथा भाईचरा कायम गर्ने उदेश्यले शुभकामना अदानप्रदान कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष राजकिशोर यादवले बताए । समाजको नेतुत्वमा गरिब तथा विपन्न गाउँवासीहरुलाई आर्थिक सहयोग सहितको औषधी उपचार गराउदै आएको बताउदै उहाँले अगामी दिनहरुमा समेत समाजसेवामा अझ सक्रिय भएर हाम्रो टिम लाग्ने प्रतिबद्धता उहाँले व्यक्त गरे ।

कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भाईबहिनीहरुलाई फुलको माला र पुरुस्कार सहित सम्मान गरिएको कार्यक्रम सन्चालक रविन्द्र यादवले जानकारी दिए ।

कार्यक्रममा बसबरिया गाउँपालिका अध्यक्ष रामसिहासन यादव, निर्वतमान अध्यक्ष रामअयोध्या, यादव वडा न-३ का वडाअध्यक्ष नन्दलाल महतो, वडाअध्यक्ष प्रत्याशी शिवशंकर कुशवाहा, युवा नेता सरोज यादव, अनिल यादव, समाजका प्रतिनिधि लगायत स्थानीय भद्रभलादमीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-११-१८ , समय : १९:००:०२ , ६ महिना अगाडि

error: Content is protected !!