१७ बैशाख २०८१, सोमबार
2024-04-29

आम्दानी र खर्चको लेख परिक्षण नहुँदा : विराट गोल्डकप अन्योलमा

कोशी प्रदेश सम्वाददाता

विराटनगर। विराट गोल्डकप फुटवल टुनामेन्ट सम्पन्न भएको ७ महिना वितिसक्दा पनि उक्त टुनामेन्टमा वास्तविक आम्दानी र खर्च कति भएको छ सो विषयमा ट्रष्टका पदाधिकारी अन्योलमा रहेका छन्।

विराट गोल्डकप फुटवल ट्रष्टले गोल्काप टुनामेन्ट सम्पन्न गर्न विराटनगर महानगर पालिकाका प्रमुख समेत रहनु भएका नागेश कोइरालालाई संयोजकको जिम्मेवारी दिएको थियो। विराट गोल्डकप सम्पन्न भए पछि लेखा परिक्षण अडिट गरि कागजपत्र ट्रष्टलाई बुझाउनु पर्नेमा अहिले सम्म नबुझाएको कारण आम्दानी र खर्चको बारेमा ट्रष्टले कुनै जवाफ दिन सकेको छैन।

विराट गोल्डकप संचालन गर्नु पर्ने समय नजिक आइसकेको छ हिसाव किताव प्राप्त नभएको कारण ट्रष्टले गोल्डकप संचानल गर्ने वा नगर्ने भन्ने विषयमा ठोस निर्णय दिन सकेको छैन। गोल्डकप सम्पन्न भए पछि हिसाव सार्वजनिक भएँ पारदर्शी हुनुपर्छ भनेर समाचार आए पछि अडिट नगरिकन आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको ४ महिना पुगी सके पनि लेख परिक्षण हुन् सकेको छैन।

त्यसवेला तत्काल ८० लाख भन्दा बढी घाटा देखिएको थियो तर ट्रष्टका जिम्मेवार व्यक्तिहरुले सो अनुसारको घाटा भएको कुरालाई मान्न सकेका छैन। लेख परिक्षण गरि वास्तविक आम्दानी र खर्चको विवरण ट्रष्टलाई उपलब्ध गराई आर्को फुटवल टुनामेन्ट गर्न सहज वातावरण बनाउनु पर्ने आवाज उठ्न थालेको छ।

विराट गोल्डकप फुटवल ट्रष्टलाई गोल्डकप गर्न ट्रष्टको खातामा जुन रकम उपलब्ध गराईएको थियो उक्त रकम आयोजक वर्गलाई ट्रष्टले उपलब्ध गराई सकेको हुँदा यस तर्फ ढिलाई गर्नुको कारण के भनेर ट्रष्टका पदाधिकारीले खोज्न थालेका छन्।

प्रकाशित मिति: २०२३-११-२१ , समय : ०९:४७:२१ , ५ महिना अगाडि

error: Content is protected !!