१७ बैशाख २०८१, सोमबार
2024-04-29

बलात्कार प्रयासको आरोपमा कांग्रेसबाट मेयरको उम्मेदवार बनेका चौधरी पक्राउ

आर्य न्युज /Aarya News

राजविराज। नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार बनेका चौधरी पक्राउ परेका छन्। शम्भुनाथ नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार दिपेन्द्र कुमार चौधरी शुक्रबार पक्राउ परेका हुन् ।

शम्भुनाथ नगरपालिका- ५ मोहनपुर निवासी ४९ वर्षीय दिपेन्द्रकुमार चौधरी बलात्कार प्रयासको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । प्रहरी कार्यालयले बिहीबार उजुरी दर्ता गर्दै शुक्रबार गिरफ्तार गरेको प्रहरी नायव उपरिक्षक ढुण्डीराज नेउपानेले बताए ।

घरमै सञ्चालन गरेको पीडितको पसलमा आइतबार आरोपितले बलात्कार प्रयास गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ ।

प्रहरीले आरोपितलाई हिरासतमा राखी अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेको अदालतले जनाएको छ । आरोपित गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट शम्भुनाथ नगरपालिकाको नगर प्रमुखको उम्मेदवार थिए ।

चार हजार एक सय ४३ मत प्राप्त गरी निकट्तम प्रतिद्वन्द्वी रहेका दिपेन्द नेकपा (एकीकृत समाजवादी)का जितेन्द्र प्रसाद गुप्ता कलवारसँग एक हजार दुई सय ४९ मतले पराजित भएका थिए ।

शम्भुनाथ नगरपालिकाका निलम्बित नगर प्रमुख गुप्ता कलवारलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गर्दै ६ महिना कैद र ७० हजार रुपियाँ जरिवाना तोकेको छ ।

 

-Annapurnapost

प्रकाशित मिति: २०२३-११-२५ , समय : ०९:१७:१३ , ५ महिना अगाडि

error: Content is protected !!