२५ बैशाख २०८१, मंगलबार
2024-05-07

यस्तो व्यक्तिले खानु हुँदैन पिडालु

आर्य न्युज /Aarya News

एजेन्सी । त्यसो त पिडालु खानमा एकदमै स्वादिलो हुन्छ । यसलाई कुनै पनि मौसममा खान मिठो लाग्छ । अझ विशेषगरी यो जाडोमा बढी सेवन गरिन्छ । तर केही व्यक्तिका लागि यो नोक्सानदायक हुन सक्छ ।

आज जानौं कस्ता व्यक्तिले भुलेर पनि पिडालु वा गाभा खानु हुँदैन ।
गाभामा आक्सालिक एसिड हुन्छ । अत्यधिक मात्रामा यसको सेवन गर्दा मिर्गौलामा नोक्सान पुर्‍याउन सक्छ ।

स्तनपान गराइरहेका महिलालाई डाक्टरले पिडालु नखाने सल्लाह दिन्छन् । यो खानाले ग्यास, एसिडिटी जस्तो समस्या हुन सक्छ ।
पिडालु खानाले छालासँग जोडिएका पोल्ने, चिलाउने जस्ता कयौं समस्या हुन सक्छन् । जो व्यक्तिलाई पहिलेदेखि यस्तो समस्या छ त्यसो व्यक्तिले पिडालु खानु हुँदैन ।

त्यस्तै मधुमेहका रोगीका लागि पनि पिडालु नोक्सानदायक सावित हुन सक्छ । यसले रगतमा चिनीको मात्रा असन्तुलित बनाउँछ ।

पिडालुको सेवनले बाथको समस्या पनि हुन सक्छ । किनकी यसमा भरपूर मात्रामा क्याल्सियम र प्रोटिन हुन्छ । यसको अत्यधिक सेवनले जोर्नीमा यूरिक एसिड जम्मा हुन जान्छ ।

पिडालु वा गाभामा क्याल्सियम अक्सलेट धेरै हुन्छ । यसले महिलाको योनी वरिपरि दुख्ने समस्या पनि आउन सक्छ ।

प्रकाशित मिति: २०२३-११-२७ , समय : ०७:४७:३७ , ५ महिना अगाडि

error: Content is protected !!