२६ बैशाख २०८१, बुधबार
2024-05-08

पुरुषमा हृदयघातको समस्या बढ्दै : सुरुआतमा देखिने संकेत

आर्य न्युज /Aarya News

एजेन्सी । खराब जीवनशैली तथा कसरतको कमीले पुरुषमा हृदयघातको समस्या बढ्दै गइरहेको छ । शरीरले हृदयघात हुनु अघि केही संकेत भने पक्कै दिने गर्छ ।

त्यस्ता केही संकेतका बारेमा विस्तारमा जान्ने कोसिस गरौं ।

हृदयघात हुनुअघि छातीमा दुखाई महसुस हुन्छ । यसक्रममा छातीमा केही अड्कीए जस्तो दुखाई हुन्छ । यस्तो लक्षण देखिएको खण्डमा तपाईं तुरुन्त डाक्टरसँग सम्पर्क राख्नुहोस् ।

– यदि तपाईं कुनै कसरत नगरीकन पसिना आइरहेको छ भने पनि हृदयघातको संकेत हुन सक्छ । जब मुटुले रगतलाई सही तरिकाले पम्प गर्न छोड्छ त्यस्तोबेला पसिना आउन सुरु हुन्छ ।

– प्रायः शरीरको बायाँतिर एकदमै असह्य दुखाई हुन थाल्छ । यो दुखाई छातीबाट सुरु भएर हात तथा खुट्टासम्म फैलिन्छ । यदि तपाईंलाई पनि यस्तो महसुस भएको छ भने सतर्क हुनुहोस् ।

– अचानक चक्कर आउनु पनि हृदयघातको अस्वस्थता हुनुको संकेत हो । यस क्रममा तपाईंलाई स्वास फेर्न पनि समस्या हुन्छ । साथमा रक्तचाप पनि कम हुने गर्छ ।

– प्रायः मानिसलाई हिँडडुल गर्दा वा भर्‍याङ चढ्दा थकान महसुस हुन थाल्छ । यदि तपाईं पनि यसरी छिटो थाक्नुहुन्छ भने यसले हृदय वा मुटु कमजोर भएको जानकारी दिन्छ । यस्तोमा डाक्टरको सल्लाह अवश्य लिनुहोस् ।

प्रकाशित मिति: २०२३-११-२५ , समय : १०:२७:१९ , ५ महिना अगाडि

error: Content is protected !!