२४ बैशाख २०८१, सोमबार
2024-05-06

स्कुल बस दुर्घटना हुँदा २ बालबालिका सहित ३ जनाको मृत्यु ! १२ जनाको अवस्था गम्भीर

Aarya News

उदयपुर। उदयपुरमा स्कूल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। त्रियुगा नगरपालिका–५ देउरीस्थित अन्नपूर्ण स्कुलको बस दुर्घटना हुँदा बस चालक र दुई बालबालिका सहित तीनको मृत्यु भएको हो ।

दुर्घटनामा बसका चालक त्रियुगा नगरपालिका–६ का ४० वर्षीय भिखन चौधरी, सोही वडाकी ७ वर्षीया बालिका सम्या चौधरी र ६ वर्षीय बालक विकास चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।

घाइते भएका ३९ जनामध्ये १२ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि जिल्ला अस्पताल गाइघाटबाट विराटनगर लगिएको प्रवक्ता चौधरीले बताए।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मदन भण्डारी राजमार्ग अन्तरगत उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा प्रदेश १–०५–००१ख–००४४ नम्बरको स्कुल बस दुर्घटना भएको हो ।

उक्त विद्यालयका अभिभावकहरुले बस पिकनिक खान लगेका थिए ।

पिकनिक खाएर फर्किने क्रममा बस दुर्घटना भएको प्रहरीको भनाई छ । पिकनिक खाएर अँधेरीस्थित अँधेरी झरनाको अवलोकन गरी फर्किने क्रममा अपरान्ह १ बजेतिर दुर्घटना भएको जनाइएको छ ।

बस सडकबाट करीव ४० फिट तल खस्दा च्यापिएर मृत्यू प्रहरीले जनाएको छ । बसमा अभिभावकहरुसहित सोही विद्यालयमा अध्ययनरत बालबालिकाहरु पनि रहेका थिए ।

घाइतेहरु मध्ये गम्भीर अवस्थाका बाहेकको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: २०२३-११-२५ , समय : १६:३५:३२ , ५ महिना अगाडि

error: Content is protected !!