२० बैशाख २०८१, बिहिबार
2024-05-02

यस वर्ष विराटनगरमा संघकै नामबाट मोरङ व्यापार संघ एक्सपो २०८० हुने

कोशी प्रदेश सम्वाददाता

विराटनगर। मोरङ व्यापार संघले यस वर्ष संघकै नामबाट एक्लै एक्सपो २०८० को आयोजना गर्ने भएको छ। पुस ६ गतेदेखि विराटनगरमा मोरङ व्यापार संघ एक्सपो २०८० को आयोजना गर्न लागेको हो।

मोरङ व्यापार संघले सोमबार पत्रकार सम्मेलन गरेर २०८० साल पुस ६ देखि १६ गतेसम्म विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गको खाली मैदानमा संघकै नामबाट एक्सपोको आयोजना गर्न लागेको जानकारी गराएको छ ।

संघले यस अघि एक्सपोलाई प्रायोजन गर्ने औधोगिक उत्पादनको नाम एक्सपो अगाडि राखेर एक्सपो आयोजना गर्ने गरेका थिए । तर संघले यस वर्ष औधोगिक उत्पादनको प्रायोजनलाई खासै महत्व नदिई संघकै नामबाट एक्सपोको आयोजना गर्ने तयारीमा जुटेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले एक्सपोलाई भव्य रुपमा सम्पन्न गर्न संघका उपाध्यक्ष अनिल साहलाई संयोजक, संघका सचिव संजय श्रेष्ठ र कार्यकारिणी सदस्य अमित सारडालाई सह–संयोजकको जिम्मेवारी सुम्पिएको छ ।

संघका अध्यक्ष रिजालले एक्सपोमा १५ करोड भन्दा बढि रुपैयाँको कारोबार हुने र ४ लाख भन्दा बढि दर्शकले एक्सपोको अवलोकन गर्ने जानकारी गराएको छ । एक्सपो सम्पन्न गर्न साढे ३ करोड भन्दा बढि रुपैयाँ खर्च हुने अध्यक्ष रिजालले जानकारी गराए । पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडा, बरिष्ठ उपाध्यक्ष अनुपम राठी, उपाध्यक्ष विकाश बेग्वानी, महासचिव अनिल सारडाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२३-११-२७ , समय : १९:३६:१८ , ५ महिना अगाडि

error: Content is protected !!