२३ बैशाख २०८१, आइतबार
2024-05-05

छोराले गरे बुवाको हत्या

आर्य न्युज /Aarya News

सङ्केतिक तस्विर

विराटनगर। झापामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेको छ। झापाको कमल गाउँपालिका-४ का २३ बर्षीय आषिश तामाङलाई बुबाको हत्या गरेको आरोपमा पक्राउ परेको हो ।

सोमबार बिहान साँढे ६ बजेको समयमा तामाङले ४५ बर्षीय बुबा भोला कुमार तामाङलाई कराई र धारिलो हतियार दाउले टाउको लगायत शरिरका बिभिन्न भागमा प्रहार गरी हत्या गरेको प्रहरी बताए । हत्या पश्चात छोरा तामाङ फरार भएका थिए । बुबाको हत्या गरी फरार भएको भन्ने सूचना प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले तामाङलाई कमल गाउँपालिका-४ दुधेबाट पक्राउ गरेको हो ।

मृतक तामाङको कानूनि प्रकृया पुरा गरी शव परिक्षणको लागी दमक अस्पताल पठाएको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रकाशित मिति: २०२३-११-२८ , समय : १०:२७:३८ , ५ महिना अगाडि

error: Content is protected !!