२३ बैशाख २०८१, आइतबार
2024-05-05

पूर्वसैनिकले विवाहकै दिन आफ्नी दुलही सहित चार जनालाई गोली हानी हत्या गरे

आर्य न्युज /Aarya News

बीबीसी। थाइल्यान्डमा एक व्यक्तिले विवाहकै दिन बेहुलीसहित चार जनालाई गोली हानी हत्या गरेका छन् । एक थाई खेलाडी तथा पूर्वसैनिकले आफ्नो विवाहमा आफैँलाई गोली हानी आत्महत्या गर्नु अघि आफ्नी दुलही र अरू तीन जनालाई गोली हानेका थाइल्यान्डको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

बेलुका अचानक आफ्नो विवाह समारोह छोडेर बाहिर गएकोमा केहीबेरपछि बन्दुकसहित फर्किएर हत्या गरेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २९ वर्षका चतुरोङ सुक्सुक र ४४ वर्षकी कञ्चना पचुन्थुकले श्रीमती, ६२ वर्षकी आमा र ३८ वर्षकी दिदीलाई गोली हानेका हुन् ।

घटनामा अरू दुई जना पाहुनालाई पनि गोली लागेको थियो । घटनाको कारण खुलेको छैन । स्थानीय सञ्चारमाध्ययमले विवाह समारोहमै बेहुलीसँग विवाद भएपछि यो घटना भएको उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति: २०२३-११-३० , समय : २१:४६:१३ , ५ महिना अगाडि

error: Content is protected !!