२० बैशाख २०८१, बिहिबार
2024-05-02

एक्स्पो द्वारा संघलाई नाफा हुने : अध्यक्ष रिजाल

राजीव कुशवाहा

विराटनगर। देशमा आर्थिक मन्दीले देशलाई तहस नहस परिरहेको अवस्थामा व्यापारीलाई प्रोत्साहन गर्ने उदेश्यले मोरङ व्यापार संघले एक्लै एक्स्पो २०८० को आयोजना गर्ने भएको छ।

पुष ६ गते देखि १६ गते सम्म विराटनगर २ मा हुने उक्त एक्स्पो संचन गर्न ३ करोड बढी खर्च हुने आयोजकले बताएको छ। यो भन्दा पनि पहिले विराटनगरको डिग्री क्याम्पसको चौरमा समेत संचालन गरिएको थियो। तेस बेला प्रायोजन गर्ने प्रायोजकको नाम अगाडी राखेर गरिएको थियो भने यस पटक मोरङ व्यापार संघले प्रायोजन गर्ने नाम अगाडी नराखिकन एक्स्पो गर्न लागेको हो। एक्स्पो संचालन गर्न मोरङ व्यापार संघलाई कस कसले सहयोग गर्ने छन् यस विषयमा आयोजक समेत अन्योलमा रहेको छ।

यस पटकको एक्स्पोले गत वर्षमा भए झैँ यस वर्ष पनि नाफा आर्जन गर्ने कुरा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताउनु भयो। मोरङ व्यापार संघले गर्ने एक्स्पोमा नाफा हुने दावी रिजालले गर्नु भयो। गत वर्ष आयोजना गरिएको एक्स्पोले नाफा गरेको थियो रिजालले बताउनु भयो। गत वर्ष कति खर्च भयो आम्दानी कति भयो भन्दा सो हिसाव हेर्नु पर्छ सबै अहिले एक्स्पोमा लागेको हुँदा यो एक्स्पो सम्पन्न भए पछि आफुले बताउन सक्ने रिजालले बताउनुभयो।

गत वर्ष संचालन गरिएको एक्स्पोमा ४ / ५ लाख नाफा भएको छ भनेर लेखि दिनु भन्नु भयो तर वास्तविक कति नाफा भएको छ सो समय लाग्ने बताउनुभयो। गत वर्ष आयोजना गरिएको आयोजकले कति राजश्व बुझाएको छ उक्त नाफा रकम के मा खर्च गरियो भनेर अहिले आयोजक संस्थ्ले सार्वजनिक गर्नु पर्ने आवाज उठ्न थालेको छ।

एक्स्पो संचालन गर्न चानचुन कुरा होइन तर आर्थिक संकटको बेलामा एक्स्पो संचालन गर्नु संघको लागि नविन चुनोति हो।

प्रकाशित मिति: २०२३-१२-०३ , समय : १८:२७:१४ , ५ महिना अगाडि

error: Content is protected !!