०९ बैशाख २०८१, आइतबार
2024-04-21

देवानगञ्जमा बाहिरवालले सरसफाइ गरे : स्थानीयवासी मुख दर्शक बनेर हेरे

राजीव कुशवाहा

देवानगञ्ज। देवानगञ्जमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। देवानगञ्ज गाउँपालिका वडा नम्बर २ मा रहेको सामुदायिक भवनको परिसर मात्र सरसफाइ गरि सम्पन्न गरेको हो।

 

नेपाल प्रहरी , सश्त्र प्रहरी बल , स्थानीय जनप्रतिनिधि , सञ्चारकर्मी, युवा र राजनितीक दलका अगुवाहरूको सहयाेगमा सामुदायिक भवनको परिसर र देवानगञ्ज बजार सरसफाई गर्ने कार्यक्रम रहेको थियो।

सरसफाई कार्यक्रममा स्थानीयवासीको सात सहयोग नपाउँदा सामुदायिक भवन मात्र सरसफाइ गरेको हो। स्थानीयवासी आए पनि मुख दर्शक भएर हेरि रहेको थियो। सामुदायिक भवनको परिसरमा फोहोर मैला फाल्ने स्थानीयबासीको कुनै सरसफाइमा चासो देखिको छैन।

सामुदायिक भवनको संरक्षण गर्ने र सरसफाई गर्ने दाइतव्य सबैको भए पनि स्थानीयवासी मात्र फोहर गर्ने मात्र जानेको र सरसफाई गर्न नजानेको एक युवाले बताए। करोडौं रकम खर्च गरेर बनाएको सामुदायिक भवन जथाभाबी फोहोर भएको कारण प्रयोग विहिन भएको छ।

जनप्रतिनिधि र राजनेतिक दलको नेताहरु लगाएर पटक पटक फोहोर मैला नफाल्न स्थानीयवासीहरुलाई सचेत गराए पनि कसैको कुरा मानेको छैन स्थानीय रामरूप मेहताले बताउनुभयो।

स्थानीय सरकारले फोहोर मैला व्यवस्थापनमा ठोस कदम चल्नु पर्ने समाजसेवी गुलाब चन्द मेहताले बताउनुभयो। फोहोर मैला फाल्ने माथि कारवाही गर्नु पर्ने उहाँले बताउनुभयो।

फोहोर मैला व्यवस्थापनको लागि आफुहरु छलफल गर्ने देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले बताउनु भयो। मेहताले आगामी आर्थिक वर्षमा फोहोर मैला व्यवस्थापनको लागि बजेट छुट्याउने समेत बताउनुभयो।

प्रकाशित मिति: २०२३-१२-०६ , समय : १३:१५:१४ , ५ महिना अगाडि

error: Content is protected !!