२९ आषाढ २०८१, शनिबार
2024-07-13

महानगरले किसान पहिचान गरि विउहरु उपलब्ध गराउदै

राजीव कुशवाहा 813  पटक हेरिएको

विराटनगर। विराटनगर महानगर पालिकाले महानगर क्षेत्रमा रहेको किसानहरुको पहिचान गरि किसनलाई विउहरु उपलब्ध गराउदै आएको छ।

सरकारले विराटनगर महानगर पालिकाको १४, १६ र १८ वार्डलाई खेति योग्य जमिनको रुपमा व्यख्या गरे पनि महानगर पालिकाले अन्य वार्डका कृषकहरुलाई पनि विउ उपलब्ध गराउदै आएको छ। महानगर पालिका भित्र १३७५ हेक्टर खेति योग्य जमिन रहेको भए पनि गहुँको विउ १४६०० केजी मकै विउ ९९० केजी सहकारी एवं समुह मार्फत उपलब्ध गराएको कुरा महानगर पालिकाको कृषि शाखा प्रमुख खगेश्वर तिम्सिनाले बताउनुभयो।

महानगर पालिकामा सुचिकृत मध्ये समुहमा आधारित कृषक २९ , सहकारी १२ र अन्य ५६ वटा रहेको छ। गहुँ र मकै विउ ५० प्रतिसत अनुदानमा र तरकारी ८ सय प्याकेट निशुल्क वितरण गरेको तिम्सिनाले बताउनुभयो।

प्रकाशित मिति: २०२३-१२-१० , समय : १२:००:०९ , ७ महिना अगाडि

error: Content is protected !!