२० बैशाख २०८१, बिहिबार
2024-05-02

मिल्स भेटन क्लब रानीले फुटवल खेलाडी उत्पादन गर्ने तर्फ अग्रसर्ता

कोशी प्रदेश सम्वाददाता

विराटनगर। फुटवल खेलाडीलाई स्थापित गर्न गठन गरिएको संस्थाहरु क्रमश बन्द भईरहेको अवस्थामा फुटवल खेलाडीहरुलाई अगाडी बढाउने तर्फ विराटनगर रानीमा रहेको मिल्स भेटन क्लब रानीले अग्रसर्ता देखाएको छ।

नेपालमा गणतन्त्र स्थापना हुनु अगाडी विराटनगरमा दर्जनो क्लब थिए उनीहरुले खेलाडीहरु उत्पादन गर्ने फुटवल टुर्नामेन्टमा सहभागिता जनाउदै थिए तर अहिले क्रमश बन्द भएको छ। तर खेलाडीहरुलाई अगाडी बढाउँन मिल्स भेटन क्लब रानीले फुटवल खेलाडी उत्पादन गर्ने तर्फ अग्रसर्ता देखाएको छ।

यस क्लबले फुटवल खेलाडीको ट्रेनिंग सेन्टर समेत संचालन गर्दै आएको छ। ८ देखि ११ वर्षका बालबालिकालाई खेल क्षेत्रमा आवध गराउदै १२ वर्ष देखि १४ वर्ष सम्म्मका र १५ देखि माथिका युवाहरुलाई फुटवल खेलको सैध्यन्तिक एवं व्यवहारिक ज्ञान उपलब्ध गराउदै आएको छ। उक्त उमेरकाबच्चालाई संगठित गरि रहेको छ।

बालबालिकालाई क्लबले उनीहरुले फुटवल खेल खेल्दा लगाउने लुगा समेत नि:शुल्क उपलब्ध गराएको छ। उक्त उमेरका बालबालिकाको फुटवल टुर्नामेन्ट हुँदा विराटनगर बाहिर समेत खेलाडीलाई लगेर टुर्नामेन्टमा सहभागी गरे रहेको कुरा क्लबका सदस्य राजु रानाले बताउनुभयो। ८ देखि ११ र १२ देखि १४ सम्मलाई ग्रास फुटमा केलाई नै र १५ देखि माथिलाई ट्रेनिंग दिने काम भै रहेको छ।

प्रकाशित मिति: २०२३-१२-२६ , समय : २०:४१:०८ , ४ महिना अगाडि

error: Content is protected !!