२० बैशाख २०८१, बिहिबार
2024-05-02

आइल्याव कोशी समूहको अवधारणा कक्षाकोठामा सुधार

आर्य न्युज /Aarya News

विराटनगर। प्राविधिक शिक्षाको गुणस्तरमा प्रश्न उठिरहेको अवस्थामा सुधारका विभिन्न अवधारणाहरुमा काम भइरहेको छ। देशभरिबाट छनोट भएका ७ वटा समूहहरु मध्ये कोशी प्रदेशवाट छनौट भएको एक मात्र समूह कोशी आइ ल्याव समूह हो ।

यश समुहले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम CTVET को क्षेत्रमा अघि सारेको अवधारणा काठमाडौ विश्वविद्यालयले गोदावरी भिलेज रिसोर्टमा आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरेको छ । काठमाण्डौ विश्वविद्यालय र स्वीजरल्याण्डको इटी एच जुरिच विश्वविद्यालयको सहकार्यमा सञ्चालन भएको शिक्षा प्रणाली प्रयोगशाला TVET कार्यक्रममा देशभरबाट सहभागी ७ समूह रहेका छ्न ।

कोशी समूहले तयार पारेको कक्षा कोठा सुधारका लागि अवधारणा कार्यान्वयनमा ल्याउनका लागि विभिन्न काम गरि अघि बढी रहेको यो समुहले आशातित रुपमा कार्य गरिरहेको छ । यसै समूह सदस्य तथा बुढिगङा गाउपालिकाकी शिक्षा प्रमुख लक्ष्मी न्यौपाने बताउनु हुन्छ हाम्रो यस अवधारणालाई मुर्तरुप दिन अघिसर्नु भएका विद्यालयहरु : १. लाईफ लाइन अस्पताल २. शैलजा आचार्य स्मृती पोलिटेक्निक ३. मनमोहन स्मृति पोलिटेक्निक ४. सत्यनारायण मा वि विराटनगर ५. राधाकृष्ण मा वि विराटनगर ६. आदर्श मा वि विराटनगर ७. नरग्राम वा वि बुढीगङ्गा ९. जनपृय मा वि बुढीगङ्गा १० . लाइफ गार्ड हस्पिटल विराट्नगर रहेका छ्न।

शिक्षालयहरुले नमुना कक्षाकोठा तयारपारि केही महिना मै सोही कक्षाबाट शिक्षण गर्ने र यसले प्रभावकारी प्रयोगात्मक सिकाइमा टेवा पुर्याउने विश्वास लिइएको उहाँले बताउनुभयो । यस समुहको प्रयासमा नर्सिङ्का लागी एउटा मोडेल कक्षा समेत बनिसकेको छ । उक्त कक्षामा कक्षा लिदा विध्यार्थी खुशी भएको, समुहगत सिकाइ र प्रोजेक्ट वर्क गर्न समेत सजिलो भएको विध्यार्थीहरुले बताएको लाइफलाइन हस्पिटल प्रा.लि. की प्रिन्सिपल बिना सुब्बाले बताएकी छिन् ।

शिक्षालयहरुले अब गम्भीर भएर यो विषयमा सोच्ने मात्र नभई द्रुत गतिमा काम गर्नुपर्ने र शिक्षण शिकाइमा अभिवृद्धि गर्न सहयोगि हुने यो समुहको विश्वास हो । विद्यालयहरुमा कक्षाकोठा व्यवस्थापनका लागि हाल बजेट नहुने भएकाले यस्ता कक्षाकोठा व्यवस्थापनका लागि बजेट विनियोजन गरी शिक्षालयहरुलाई उपलब्ध गराउन स्थानीय तथा प्रदेश सरकारसँग माग समेत गरिएको छ । यो अवधारणाले गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्न र विद्यार्थी आकर्षणका लागि समेत टेवा पुर्याउने समूहले विश्वास लिएको छ ।

यस कोशी समूहका सदस्यहरुमा बिना सुब्बा, नारद राई, डा शिव प्रसाद दाहाल, लवकुमार यादव, गोपालप्रसाद दाहाल, लक्ष्मी न्यौपाने, प्रतिक्षा गजुरेल र अजित चापागाईँ रहेका छन् । यस विषयमा विभिन्न मितिमा सरोकारवाला निकाय ,सघ संस्था, पालिका, मन्त्रालय शिक्षालय शिक्षा क्षेत्रका बिज्ञ सङ छलफल गरि अवधारणा अगाडी बढाइ रहेको र यसलाइ अभियानको रुपमा कोशी प्रदेश आइल्याव समुहले लगिरहेको CTEVT कोसी प्रदेशका आइ.टि अफिसर नारद राइले बताउनु भयो ।

प्रकाशित मिति: २०२३-१२-३१ , समय : २१:५५:१७ , ४ महिना अगाडि

error: Content is protected !!