२७ बैशाख २०८१, बिहिबार
2024-05-09

गिरीले रानी-जोगबनी नाकाबाट नेपाल आउने पर्यटकलाई नेपाली टोपी लगाइदिएर स्वागत गरे

राजीव कुशवाहा

विराटनगर । समाज सेवामा सक्रिय बनेका अभिषेक गिरीले रानी-जोगबनी नाकाबाट नेपाल आउने पर्यटकलाई नेपाली टोपी लगाइदिएर स्वागत गरेका छन् ।

सोमबार टोपी दिवसको अवसर पारेर गिरीले नयाँ वर्ष २०२४ र टोपी दिवसको शुभकामना दिँदै भारतीय पर्यटकलाई टोपी र खादा लगाइदिएर स्वागत गरेका हुन् ।

गिरीको ‘गिरी फाउन्डेसन’ ले आज बिहानै रानी-जोगबनी नाका भएर विराटनगर भित्रने केही पर्यटकलाई टोपी लगाइदिएर स्वागत गरेका थिए ।

साथै, गिरीले रानी-जोगबनी नाकाबाट मात्र नभएर अरू नाकाबाट नेपाल भित्रने पर्यटकहरूलाई सम्मानका साथ नेपाल भित्र्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग अनुरोध गरे ।

भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा सुरक्षा निकायले सास्ती दिएको गुनासो आउने गरेको अवगत गराउँदै गिरीले यसो नगरिदिन प्रहरीसमक्ष आग्रह गरे ।

उनले भारतीय प्रहरीसमक्ष पनि नेपाल-भारतबीच रोटी-बेटीको सम्बन्ध रहेको बताउँदै नेपालका उपभोक्ता वा पर्यटकप्रति राम्रो व्यवहार गरिदिन अनुरोध गरे ।

कार्यक्रममा सशस्त्र प्रहरीका डिएसपी महेश केसी, विराटनगर महानगरपालिका-१५ का वडाध्यक्ष प्रकाश साहलगायत सहभागी थिए ।

प्रकाशित मिति: २०२४-०१-०१ , समय : १३:०५:५१ , ४ महिना अगाडि

error: Content is protected !!