२३ बैशाख २०८१, आइतबार
2024-05-05

चिकित्सक नै विचौलिया : चगुलमा कोशी अस्पताल

कोशी प्रदेश सम्वाददाता

विराटनगर। स्वास्थ्य क्षेत्रलाई बदनाम बनाउन केहि स्वास्थ्यकर्मीहरु नै खुलेर लाग्ने गरेका छन्।

प्रादेशिक अस्पतालको रुपमा चिनिदै आएको कोशी अस्पताल भित्रै केहि स्वास्थ्यकर्मीहरुले विचौलियाको भूमिका निर्वाह गर्दै आएका छन्। कोशी अस्पताल विराटनगरका केहि स्वास्थ्यकर्मीको निजि अस्पतालमा प्रत्यक्ष वा अप्रत्यक्ष लगानी रहेको कारण कोशी अस्पताललाई क्रमश प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्थापित गर्न खोजिरहेको छ।

कोशी अस्पताल विराटनगर केहि निजि अस्पताल भन्दा साधन स्रोतले सम्पन्न छ तर अस्पताल व्यवस्थापनले तेस्लाई व्यवस्थित गर्न सकेको छैन। यसले गर्दा अस्पताल प्रति सेवाग्राहीको विश्वास घटी रहेको छ। अस्पतालका केहि स्वास्थ्यकर्मीहरु सुरुमा जुन औषधी लेखिएको छ तेही खानु पर्छ भन्ने गरको पाइन्थ्यो तर अहिले उनीहरुले लेखेको औषधी भन्दा फरक औषधी पसलले दिएमा पछि गुनासो गरेमा फरक औषधी भए पनि काम एउटे गर्छ कम्पनि मात्र फरक हो भन्ने गरेका छ।

यसलाई हेर्दा विचौलियाको प्रभाव वा जालो कहाँ सम्म रहेको छ प्रष्ट हुन् आउँछ। कोशी अस्पताल विराटनगरको आकास्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी कै विचौलियाको रुपमा अहम भूमिका निर्वाह हुने गरेको छ। कोशी अस्पताल को आकास्मिक कक्षमा २०८० श्रावण देखि मङ्सिर सम्म १८७६० जना विरामी उपचारको लागि आएको कुरा कोशी अस्पतालका सुचना अधिकारी इन्दिरा यादवले बताउनु भयो। आकास्मिक कक्षमा उपचार गर्ने क्रममा अस्पतालमा भर्ना गरि उपचार हुन् नसकेको भन्दै त्यहाँ कार्यरत चिकित्सकले अन्य रिफर समेत गर्ने गरेका छन्।

कोशी अस्पताल विराटनगरले न्युरो अस्पताल ,गोल्डेन अस्पताल ,नोवेल अस्पताल ,बिराट तिचिङ्ग अस्पताल धरान घोपा ,हाम्रो अस्पतालमा केहि विरामीलाई पठाईएको छ पठाउने गरिन्छ। यसरी पठाईएको निजि अस्पताल मध्ये अधिकार अस्पतालमा केशी अस्पतालको भन्दा कम सेवा प्रवाह गर्ने गरेको छ भन्ने केहि विरामीलाई अस्पतालको नाम नलेखीकन मोखिक रुपमा पठाउने गरेका छन्। कुनै विरामीलाई राम्रो अस्पतालमा लानु भनेर पठाउने गरेका छन्। रिफरमा सोहि कुरा उल्लेख गर्ने गरेका छन्।

यसलाई हेर्दा विचौलियाको चगुलमा कोशी अस्पताल नराम्रो संग फस्दै गएको छ।

प्रकाशित मिति: २०२४-०१-०२ , समय : १८:२९:२२ , ४ महिना अगाडि

error: Content is protected !!