२७ बैशाख २०८१, बिहिबार
2024-05-09

भन्सार छलेर नेपाल ल्याउँदै गरेको ३ सय ८७ थान मोबाइल बरामद

आर्य न्युज /Aarya News

रौतहट। भन्सार छलेर नेपाल ल्याउँदै गरेको मोबाइल सेट प्रहरीले रौतहटबाट बरामद गरेको छ। प्रहरीले बसबाट विभिन्न कम्पनीका ३ सय ८७ थान मोबाइल सेट बरामद गरेको हो।

पुस १५ गते ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले चन्द्रपुर नगरपालिका-५ तल्लोबजार स्थित चपुर गौर सडक खण्डमा चेक प्वाईन्ट राखेर सवारी साधन चेकजाच गर्ने क्रममा गौरतर्फबाट चन्द्रनिगाहपुरतर्फ आएको यात्रुबाहक बसको डिक्कीमा रहेको ३ ओटा बोरामा रहेको कार्टुनबाट विभिन्न कम्पनीहरुको मोबाइल सेटहरु बरामद गरेको छ।

मोबाईल सेट भएको बोराको बारेमा बसमा सवार यात्रुहरुलाई सोधपुछ गर्दा बेवारिसे पाइएपछि उक्त मोबाइलहरु अवैध रुपमा भन्सार छली ल्याएको हुन सक्ने भएकोले स्थानीयको रहोवरमा राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको छ।

बरामद मोबाइलको मुल्य ८ लाख १८ हजार ९०६ रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ। बरामद गरिएबा मोबाइल कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 

प्रकाशित मिति: २०२४-०१-०३ , समय : ०९:५३:५३ , ४ महिना अगाडि

error: Content is protected !!