१७ बैशाख २०८१, सोमबार
2024-04-29

सरोकारवाला मौन : सास्तीमा पर्यटक एवं यात्रु

कोशी प्रदेश सम्वाददाता

विराटनगर। भारतको जोगवनी नाकाको बाटो हुँदै विराटनगर तर्फ आउने भारतीय पर्यटक एवं यात्रुहरुलाई सहजरुपमा विराटनगर तर्फ ल्याउने वातावरण बनाउन सरोकारवाला निकायहरुले खासै चासो देखाएको छैन ।

उक्त बाटो एउटा अन्तराष्ट्रिय वोडर हो उक्त बाटो बाट नेपाल तर्फ आउने र भारत तर्फ जाने यात्रुको संख्या दैनिक दुइ हजार भन्दा बढीको हाराहारीमा हुने गरेको छ। नेपालमा पर्यटक आएनन भनेर पर्यटन मन्त्रालय विराटनगर महानगर पालिका कोशी प्रदेशले गुनासो गरेपनि नेपाल आउने पर्यटक एक पटक आए पछि फेरी आउने वातावरण बन्न सकेको छैन।

पर्यटन वर्ष भनेर नारा दिने र रकम खर्च गर्ने आफु एवं आफ्ना नजिककालाई कोशी प्रदेश अन्तर्गतको विभिन्न स्थानमा लाग्ने सेमिनार गर्ने बाहेक अन्य काम हुन् सकेको छैन। २०८० साल पोष १५ गते ५८४ पोष १६ गते ५८६ र पोष १७ गते १५८ भारतीय सवारी साधनहरु जोगवनी बाटो हुँदै विराटनगर प्रवेश गरेका छन्। उक्त सवारी साधनले उक्त अवधिमा ८ लाख जति राजश्व तिरेका छन्।

उक्त सवारी साधन बाट ५ हजार जति भारतीय पर्यटकहरु विराटनगर प्रवेश गरेका छन्। भारतबाट विराटनगर उपचार गर्न आउनेको संख्या दैनिक ५ सयको हाराहारीमा हुने गरेका छन्। यसरी भारतीय पर्यटकहरु विराटनगर प्रवेश गरे पछि उनीहरुलाई दिसा पिसाव लागेमा दिसा पिसाव गर्ने ठाउँको समेत नेपाल पक्षबाट बनाउन सकी रहेको छैन। उनीहरुलाई दिसा पिसाव लागेमा विभिन्न होटल जानुपर्छ तर होटलवालाले दिसा पिसाव गर्न दिदैन।

विराटनगर रानी पुरानो भन्सार एरियामा सार्वजनिक सौचालय थियो। उक्त सार्वजनिक सौचालय भत्काइयो तर बनाउने काम भएको छैन। उक्त स्थानबाट जोगवनी विराटनगर आउने जानेको संख्या दैनिक दुइ हजार छन्। ति नेपाली हुन् तर सार्वजनिक सौचालय नहुँदा सम्सयामा पर्ने गरेका छन्। तर यस तर्फ थाहा पाएपछि महानगर पालिका मौन छ। सार्वजनिक सौचालय उक्त स्थानमा आवश्यक छ।

प्रकाशित मिति: २०२४-०१-०५ , समय : २०:३०:१९ , ४ महिना अगाडि

error: Content is protected !!