२७ बैशाख २०८१, बिहिबार
2024-05-09

नेपालमा कोरोना सङ्क्रमण देखिन थाले

आर्य न्युज /Aarya News

देवानगञ्ज । नेपालमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीहरुमा कोरोना सङ्क्रमण देखिन थालेको हो ।

भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ । हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको कैलालीको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए ।

हेल्थ डेस्कका प्रमुख साउदका अनुसार कोरोना सङ्क्रमितलाई घरमै एकान्तबास (होम आइसोलेसन) मा बस्न सुझाव दिइएको छ । गौरीफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका छन् ।

कोरोनाको ‘भेरिएन्ट’ यकिनका लागि नमूना सङ्कलन गरेर काठमाडौँ पठाइएको प्रमुख साउदले बताए । कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गरेर घर फर्किँदै गरेका नेपालीमा भने हालसम्म कोरोना सङ्क्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । रासस

प्रकाशित मिति: २०२४-०१-०८ , समय : १९:१६:५७ , ४ महिना अगाडि

error: Content is protected !!