२७ बैशाख २०८१, बिहिबार
2024-05-09

भारतीय बिहार प्रहरी द्वारा दशगजामा अस्थायी टहरा बनाउने प्रयास

कोशी प्रदेश सम्वाददाता

विराटनगर। विराटनगर र भारतको जोगवनी प्रवेश गर्ने नाकामा रहेको दश गजालाई उपयोग गर्दै भारतीय पक्षले आफ्नो उपस्थिति जनाउदै आएका छन्।

विराटनगर प्रवेश गर्ने नाकामा रहेको दश गाजा मै हतियार सहित भारतीय सुरक्षकर्मीले भारत बाट आउने सवारी साधन एवं मानिस र नेपाल बाट भारत तर्फ जाने सवारी साधन लाईदश गजा मै रोकेर आफ्नो गतिविधि संचानल गर्दै आएका छन्। जोगवनी प्रवेश गर्ने नाकामा रहेको दक्षिण तर्फको सुरक्षाकर्मी (सिमा सुरक्षा बल )को संयुक्त पहलमा भत्काए पनि शुक्रबार भारतीय बिहार प्रहरीले दश गजा मै अस्थायी टहरा बनाउने प्रयास गरको थियो।

भारतीय प्रहरीले हामीलाई माथिको आदेश छ भन्दै खाल्डो खनेर अस्थायी भवन बनाउने तर्फ आवश्यक प्रकृया बढाएकोमा नेपालीहरुले तिब्र विरोध गरेका थिए। सशस्त्र प्रहरी बल मोरङको टोलि उक्त स्थानमा पुगी दश गजामा कुनै संरचना बनाउनु हुदैन भनेर सम्झाए पनि सुरुमा भारतीय बिहार प्रहरीले हामीलाई माथिको आदेश छ बनाउने भनि प्रतिक्रिया दिएका थिए।

दश गजाको हेर्ने जिम्मा भारत सरकारले बिहार प्रहरीलाई दिएको छैन यसको लागि छुटै टोलि छ भनेर सम्झाए पछी भारतीय प्रहरीले टहरा बनाउन लागेको बाँस र खाल्डो खन्ने सामान लान निर्देशन दिए पछि सामान उठाएको थियो।

सशस्त्र प्रहरी बल ,सिमा सुरक्षा गुल्य रानीका स. प्रा. ना. उ. महेश केसीको नेतृत्वमा गएको टोलिले दश गजामा कुनै भोतिक संरचना बनाउन पाइने छैन हामीलाई रोक्ने आदेश छ भनेर सम्झाए पछि अहिलेलाई उक्त समस्या समाधान भएको छ।

प्रकाशित मिति: २०२४-०१-०९ , समय : १३:१०:५५ , ४ महिना अगाडि

error: Content is protected !!