यातायात कार्यालयले स्विकारे सेवाग्राही भन्दा बढी विचौलिया

राजीव कुशवाहा

देवानगञ्ज । यातायात तथा व्यवस्था सेवा कार्यालय विराटनगरमा सेवाग्राही भन्दा बढी विचौलियाको बिगबिगी देखिएको छ। कर्मचारीहरु विचौलिया मार्फत काम गर्न थाले पछि सो बिगबिगी देखिएको हो।

नयाँ सवारी साधनको अनुमति पत्र बनाउने या अनुमति पत्र नविकरण गर्ने र सवारी साधन पास गर्न सम्मको अधिकार पाएको विराटनगर कार्यालयका कर्मचारी भन्दा बढी विचौलिया जान्ने भएका छन्। यातायात कार्यालय इटहरी सुनसरीबाट लिएको सवारी साधन नम्बर ,सवारी साधन अनुमति पत्रमा सामान्य कुरा सच्याउनु परेमा यातायात तथा व्यवस्था सेवा कार्यालय विराटनगरका कर्मचारीले यो सच्याउने काम जहाँबाट पहिलो पटक लिनु भएको त्यहि बाट सच्याउनु पर्छ भनेर सेवाग्राहीलाई जवाफ दिने गरेका छन्।

तर सोहि प्रकृतिको कागज विचौलिया मार्फत गएमा सवारी साधनको अनुमति पत्रको प्रकृति हेरेर १००० देखि २५०० रकम दिएमा काम हुने गरेको छ। उक्त रकम विचौलियाले लिने र केहि रकम आफुले राख्ने केहि रकम कार्यालयमा बुझाउने गरेका छन्। यसरी बुझाएको रकम तहगत अनुसार बाडिने गरेको कुराको संकेत समेत मिलेको पाइएको छ। यस संकेतलाई हेर्दा यातायात तथा व्यवस्था सेवा कार्यालय क्रमश विचौलियाको चगुलमा फस्दै गएको देखिन्छ।

यस विषयमा यातायात तथा सेवा व्यवस्था कार्यालय विराटनगरका सुचना अधिकारी गिरी राज पराजुली संग जिज्ञासा राख्दा कार्यालय कम्पाउण्ड भित्र विचौलियाको चलखेल बढेको र सेवाग्राही मारमा परेको कुरा आफुलाई जानकारी भएको बताउनु भयो। हामी तल आउँदा विचौलिया भाग्ने गरेका छन्। प्रहरी संग सहयोग मांगी रहेका छौँ विचौलिया मार्फत कुनै रकम प्राप्त भएको छैन भन्नु भयो। नाम ठेगाना नमिलेको या केहि सच्याउनु पर्नेको हकमा सुरुमा जहाँबाट लिएको बनाएको हो त्यहि स्थानको कार्यालयले सच्याउ छ हामीले सच्याउन सक्दैनो पराजुलीले भन्नु भयो। कार्यालयलाई विचौलिया मुक्त कार्यालय बनाउन कार्यालयले पहल गरिरहेको उहाँले बताउनु भयो।

कार्यालयले विचौलिया मुक्त बनाउन पहल गरिरहे पनि विचौलिया मार्फत सेवाग्राहीको काम भईरहेको छ। यसरी विचौलिया मार्फत काम हुन् भनेको कर्मचारीको हात छैन रकम लिने गरेको छैन भन्न सक्ने देखिदैन ?

प्रकाशित मिति: २०२४-०१-१३ , समय : १०:३२:४३ , २ महिना अगाडि

error: Content is protected !!