२० बैशाख २०८१, बिहिबार
2024-05-02

रेडियो नागरिकका संचालक मेहता सहित पत्रकार दाहाल सम्मानित

Aarya News

विराटनगर । मोरङका पत्रकारहरुको सक्रियतामा १२ बर्ष अघि संचालनमा आएको संचारकर्मी संचार सहकारी संस्था लिमिलिटेडले रेडियो नागरिकका सचांलक अरविन्द मेहतालाई आइतवार एक समारोहका विच सम्मान गरेको छ ।

संस्थाको साधाराण सभामा अध्यक्ष मेहता सहित पत्रकार नरेन्द्र दाहाल पनि सम्मानित भएको छ। डिग्री  क्याम्पस विराटनगरका प्रमुख ढकबहादुर मगरले दुवै समानितलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।

संचार सहकारीले प्रत्येक बर्ष साधारण सभामा १ जना उतकृष्ठ ऋणी र वचतकर्तालाई सम्मान गर्दै आएको छ । संचार सहकारीबाट उतकृष्ठ ऋणीका रुपमा सम्मानित भएकोमा मेहताले खुशी प्रकट गर्नुभयो । कार्यक्रममा क्याम्पस प्रमुख ढकबहादुर मगर , पत्रकार महासंघ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गाना , संचार सहकारीका पूर्व अध्यक्ष मोहन भण्डारी , अध्यक्ष दीपक दाहाल र उपाध्यक्ष मोहन भण्डारी र लेखा समितिका संयोजक अविनाश नीधिले कार्यक्रमको उपदेयताका बारेमा प्रकाश पार्नु भएकोे थियो ।
१ सय १४ जना शेयर सदस्य रहेको यो सहकारीले आर्थिक बर्ष ०७९÷८० मा ६ लाख १८ हजार ३ सय ३५ खुद मुनाफा गरेको छ ।

प्रकाशित मिति: २०२४-०१-१४ , समय : १९:५८:०८ , ४ महिना अगाडि

error: Content is protected !!