०९ बैशाख २०८१, आइतबार
2024-04-21

विराटनगरमा मसाज सेन्टर

कोशी प्रदेश सम्वाददाता

विराटनगर / काठमाडौँमा संचालनमा आएको मसाज सेन्टर कै प्रकृतिको मसाज सेन्टर विराटनगरमा समेत संचालनमा आएको छ।

मसाज सेन्टरको आडमा यौन धन्धा संचालनमा आउने गरेको चर्चा बेला बखत काठमाडौँमा चल्ने गर्दथ्यो सोहि प्रकृतिको मसाज सेन्टर जुन विराटनगरमा संचालनमा आएको छ यहाँ पनि यौन धन्धा हुन्छ हुँदैन भन्ने कुरामा सरोकार वाला निकायले ध्यान दिन सकेको पाइदैन। विराटनगरमा मात्र आधा दर्जन बढी मसाज सेन्टर संचालनमा रहेको छ।

विराटनगरमा संचालनमा आएको मसाज सेन्टरलाई स्पा नाम दिएको छ। यहाँ संचालित स्पा मसाज सेन्टर मध्ये जस्मिन स्पा सेन्टर ,कोहिनुर स्पा सेन्टर, रिलाइफ़ केफ स्पा सेन्टर नाम चलेको होटेल र मलमा समेत मसाज सेन्टर संचालनमा रहेका छन्। यसरि संचालनमा रहेका स्पा सेन्टरमा पश्चिमका युवतीहरुलाई काममा लगाइने गरेको छ।

स्पा सेन्टरमा केहि भारतीय प्रयाटक केहि नेपाली युवा व्यसायिहरु जाने गरेका छन्। १ घण्टा सम्म गरिने मसाज सेन्टरमा बेलुका ८ बजे सम्म मात्र खुला रहने छ। मसाज गरे बापत १ हजार देखि २ हजार सम्म स्पा सेन्टरका संचालकलाई रकम बुझाउनु पर्ने बताइन्छ। मसाज गर्दा पानि मसाज तेल मसाज र क्रिम मसाज प्राय गरिन्छ।

पुरुषलाई अन्डरबियर बाहेक सम्पूर्ण लुगा खोल्न लगाई मसाज गर्ने भएको हुँदा मसाज सेन्टरको आडमा गलत काम नहोला भन्न सकिने छैन। यस तर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरि छ।

प्रकाशित मिति: २०२४-०१-२४ , समय : ०७:५५:२० , ३ महिना अगाडि

error: Content is protected !!