२० बैशाख २०८१, बिहिबार
2024-05-02

मापदण्ड पुरा बिना कै शैलजा आचार्य हृदय रोग केन्द्रको उद्घाटन

कोशी प्रदेश सम्वाददाता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्घाटन गर्नुभएको शैलजा आचार्य हृदय रोग केन्द्रको कानुनी वैधता माथि प्रश्न उठ्न थालेको छ।

वहाँले उद्घाटन गर्नुभएको उक्त केन्द्रको भवन यो भन्दा अगाडी नागरिक केयर सेन्टर कोभिड अस्पताल सरुवा रोग अस्पतालको नाममा बेला बखत संचालन रहेको थियो। कोभिडको बेलामा कोशी अस्पतालका केहि चिकित्सक प्राविधिक र नर्सले सेवा दिएका थिए। अहिले प्रदेश सरकारले संचालन गर्न भनि उद्घाटन भएको शैलजा आचार्य हृदय रोग केन्द्रको लागि चाहिने कानुनी वैधता विनानै उद्घाटन गरिएको कुराले कोशी प्रदेश स्वास्थ्य मन्त्रालय भित्र चर्चा चल्न थालेको छ।

अस्पताल संचालनको संचालक समिति गठन अस्पताल संचालन कार्यविधि पद तह अन्तर्गतको जनशक्ति निर्धारण वेड संख्या शुल्क निर्धारण अस्पतालको ओपिडी शुल्क ल्याब र परिक्षण शुल्क निर्धारण आवश्यक पर्दछ। तर सम्पूर्ण प्रक्रिया पुरा भएको छैन। कोशी प्रदेश स्वास्थ्य विभागका वरिष्ट जनस्वास्थ्य प्रशासक सुरेश मेहता संग अस्पताल संचालनको लागि हुनु पर्ने मापदण्ड पुरा भएको छ छैन भनि जिज्ञासा राख्दा अस्पताल संचालन गर्न चाहिने कुरा केहि पुरा भएको छ तर अस्पताल संचालनको लागि चाहिने सम्पूर्ण कुरा पुरा भएको छैन भन्नु भयो। अन्य कुरा अस्पताल विकाश तथा चिकित्सक सेवा महाशाखामा थाहा हुन्छ भनेर अरु कुरा बताउन चाहनु भएन।

स्वास्थ्य मन्त्रालय अस्पताल विकास तथा चिकित्सक सेवा महाशाखाका प्रमुख सागर प्रसाई संग शैलजा आचार्य हृदय रोग सेवा केन्द्र संचालनको लागि उद्घाटन गरिएकोमा अस्पताल संचालनका लागि चाहिने सम्पूर्ण कुराहरु पुरा भएको दरबन्दी के छ ? कति वेडको, संचालन विधि के छ ? भनि जिज्ञासा राख्दा अस्पताल संचालन गर्न चाहिने पूर्वाधार तयार छैन भन्नु भयो दरबन्दी छैन ,ओपिडी सेवा मात्र संचालन गर्ने दरबन्दी संरचना छैन कसरि चलाउने भन्ने निर्णय सरकारबाट हुन् बाँकि छ प्रसाईले बताउनु भयो।

विश्वको स्वास्थ्य अवस्था हेर्दा अहिले पनि कोरोन महामारीको नयाँ नयाँ भेरियेंट (भाइरस ) देखा पर्दै आएको देखिन्छ। विभिन्न किसिमको सरुवा रोगहरु पनि देखिएको छ। ति रोग भाइरस नेपाल या कोशी प्रदेशमा न आउला भन्न सकिदैन। तर कोशी प्रदेश सरकार प्रदेस कै लागि संचालन गरिएको नागरिक केयर सेन्टर कोभिड अस्पताल सरुवा रोग अस्पताललाई शैलजा आचार्य हृदय रोग सेवा केन्द्र बनाउने निर्णयले कहिँ न कहिँ मानव स्वास्थ्य संग खेलवार गरिरहेको त छैन ? यस तर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरि छ।

प्रकाशित मिति: २०२४-०१-२६ , समय : २०:३६:०८ , ३ महिना अगाडि

error: Content is protected !!