२७ बैशाख २०८१, बिहिबार
2024-05-09

लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

आर्य न्युज /Aarya News

विराटनगर। मोरङ र झापाको तिन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा मंगलवार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१७ की १९ बर्षीया अनिता बैठालाई बिराटनगर-१५ बाट १९.३३ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको तथा घटनामा संग्लग्न रहेकी बिराटनगर-१६ की ३० बर्षीया सरस्वती गुरुङलाई १ थान डिजिटल तराजु सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङकै पथरी शनिश्चरे नगरपालिका-४ बाट स्थानिय ३३ बर्षीय चित्र कुमार रपाल(बि.क.) लाई २५ ग्राम लागुऔषध ब्राउनसुगर, बिभिन्न कम्पनिका -५ थान मोबायल र डिजिटल तराजु -१ थान सहित ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो पक्राउ गरेको हो । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काकाडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-६ बाट बुद्धशान्ति गाउँपालिका-५ का २२ बर्षीय स्मार्ट थेवेलाई एक ग्राम लागुऔषध खैरो हेरोईन सहित मंगलवार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२४-०१-३१ , समय : १९:०३:०५ , ३ महिना अगाडि

error: Content is protected !!