२० बैशाख २०८१, बिहिबार
2024-05-02

शंकाको घेरामा पारस अस्पताल

मधु सुधन ज्ञवाली

विराटनगर। विराटनगरमा रहेको म्याक्स अस्पताललाई किनेर पारस मल्टी स्पेसियालिटि हस्पिटल प्रा लि स्थापन गरेर संचालनमा आएको एक वर्ष पुरा गरेको छ।

२०७९ साल मंशिरबाट संचालनमा आएको पारस अस्पताल एक वर्ष पुरा गरे पछि कति विरामीलाई सेवा दिएको छ सो बारेमा अहिले सम्म सार्वजनिक गर्न सकेको छैन। म्याक्स अस्पताल संचालन गर्दा २५ वेडको अनुमति प्राप्त भए पनि कोभिडको बेलामा बढी वेड राखेर सेवा दिए पछी विवादमा परेको थियो। उक्त अस्पतालले वेड संख्या थप पाउने गरि प्रक्रिया अगाडी बढाएको थिएन।

सोहि अस्पताललाई किनेर अर्को नाम दिएको हुँदा पारस अस्पताल पनि शंकाको घेरामा परेको छ। वेड संख्याको विषयमा सम्बन्धित निकायको ध्यान जानु जरुरि छ। पारस अस्पताल संचालनको अनुमति प्राप्त गर्दा ५० वेडको अनुमति लिएको कुरा पारस अस्पतालको प्रशासन प्रमुख हेम मेहताले बताउनुभएको छ। वहाँले बताए पनि विश्वासिलो आधार भने दिन सक्नु भएको छैन।

मेहता कै भनाइलाई मान्यता दिदै १०० वेड संख्याको अस्पताल संचालन गर्दा १० प्रतिसत विरामीलाई निशुल्क उपचार गर्नु पर्छ तपाइले ५० वेडको अनुमति लिई अस्पताल संचालन गरेको हुँदा ५ जना विरामीलाई निशुल्क उपचार गर्नुपर्छ। निशुल्क उपचार कस कसलाई गरियो भनि जिज्ञासा राख्दा मेहताले यस विषयमा जवाफ दिन चाहनु भएन। वहाँले अस्पतालले पत्रकार सम्मेलन गर्दै छ पत्रकार सम्मेलनमा जानकारी गराउने कुरा बताए पनि पत्रकार सम्मेलनमा सो विषयमा जानकारी गराउनु भएको छैन।

अस्पताल संचालन गर्दा पुरा गर्ने गरि गरिएको लिखित सम्झोतालाई वेवास्ता गर्दै सरोकारवाला निकायलाई ठग्ने काम भएको छ।

प्रकाशित मिति: २०२४-०१-३१ , समय : २१:१७:३१ , ३ महिना अगाडि

error: Content is protected !!