२० बैशाख २०८१, बिहिबार
2024-05-02

नवजात शिशु देखि ५ वर्ष सम्मका बालबालिकालाई नि:शुल्क स्वास्थ्य सेवा

कोशी प्रदेश सम्वाददाता

विराटनगर। विराटनगर महानगर पालिकाले आफ्नो वडामा रहेका नवजात शिशु देखि ५ वर्ष सम्मका बालबालिकालाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको छ।

गैर सरकारी संस्था एनजीओ(NGO) बि डि इ सी(BDEC) – डि बि(DB) मल्टी रेसिडेन जेभी का सहयोगमा महानगर पालिकाले उक्त सेवा उपलब्ध गराएको छ। विराटनगर महानगर पालिका भित्रको आधारभूत स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा उपचार गराएका र उक्त स्थानबाट उपचार सम्भव नभए पछि नवजात शिशु देखि ५ वर्ष सम्मका बालबालिकालाई थप उपचारको लागि मोरङ सहकारी अस्पतालमा पठाउने गरेको विराटनगर महानगर पालिकाका स्वास्थ्य महा शाखा प्रमुख हेदर अलिले बताउनु भयो।

महानगर पालिकाले मोरङ सहकारीमा थप उपचारको लागि पठाइएको विरामी १४ जना रहेको स्वास्थ्य महा शाखाका दिलिप यादले बताउनु भयो। गैर सहकारी स्वास्थ्य बीच ३ वर्षको लागि ७ करोड ३४ लाख बराबरको रकम VAT सहित उपलब्ध गराउने सम्झोता भएको यादवले बताउनुभयो।

विराटनगर महानगर पालिका बाट उपचारको लागि मोरङ सहकारी अस्पतालमा पठाइएको नवजात शिशु देखि ५ वर्ष सम्मका बालबालिकालाई लाग्ने सम्पूर्ण खर्च उक्त संस्थाले व्यहोर्ने कुरा मोरङ सहकारी अस्पतालका संचालक विकाश अधिकारीले बताउनुभयो। अस्पतालमा उपलब्ध सम्पूर्ण सेवा अस्पतालले विरामीलाई उपलब्ध गराउने कुरा अधिकारीले बताउनु भयो।

प्रकाशित मिति: २०२४-०२-१० , समय : २०:२१:५० , ३ महिना अगाडि

error: Content is protected !!