२३ बैशाख २०८१, आइतबार
2024-05-05

जनकपुर साहित्य महोत्सव: पाँचौ संस्करणमा कविता वाचनतर्फ पाँच जना प्रतिनिधि छनोट

अनुराग साह / जनकपुरधाम

जनकपुरधाम। जनकपुर साहित्य महोत्सवको पाँचौ संस्करणमा कविता वाचनतर्फ पाँच जना प्रतिनिधि छनोट भएका छन् । नव मिथिला फाउन्डेशनको आयोजनामा शुक्रबार भएको कविता वाचन प्रतियोगिताबाट पाँच जना उत्कृष्ट विद्यार्थी फाइनल प्रतिस्पर्धाको लागि छनोट भएका हुन् ।

जनकपुरधाममा निजी तथा सामुदायिक विद्यालयबाट प्रतियोगितामा सहभागि भएका ३४ जना विद्यार्थी मध्ये पाँच जना छनोट भएका हुन् । उत्कृष्ट पाँच जना मध्ये याज्ञवल्क्य ज्ञानकूपका छाल विवेक पाठक, ॐ आर सी एसका निशान्त ठाकुर, गोगल प्रसाद माविकी छाला आयुषी पाण्डे, मिथिला मोन्टेसरीकी रिया यादव र मदर टेरेसाकी राखी ठाकुर छन् ।

शुक्रबार कविता प्रतियोगिताबाट छानिएका पाँच जना छात्रछात्रा बीच आगामी फागुन १० गते आयोजन हुने साहित्य महोत्सवको पहिलो दिन प्रतिस्पर्धा हुने छ । उक्त प्रतिस्पर्धाबाट प्रथम, द्वितीय र तृतीयलाई नगदसहित प्रमाण पत्न प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

आयोजक संस्था नव मिथिला फाउन्डेसनको अनुसार प्रथम हुनेलाई नगद २१ हजार रुपैयाँ, द्वितीयलाई ११ हजार रुपैयाँ र तृतीयलाई पाँच हजार एक सय रुपैयाँ नगदसहित कदर पत्र प्रदान गरिने छ । कविताको निर्णायक मण्डलमा डा. रेवती रमन लाल, पूर्व सांसद लेखक शीतल झा, साहित्यकार दिगम्बर झा ‘दिनमणि’ र कवयिली किरण झा रहेका थिए । कार्यक्रमको प्रमुख अतिथिमा मधेश प्रदेश सभा सदस्य रामअशीष यादव थिए ।

जनकपुर साहित्य महोत्सवको पाँचौं संस्करण अन्तर्गत बिहीबारबाट प्रतियोगीहरु छनोट सुरु भएको हो । बिहीबार वक्तित्वकला प्रतियोगिताबाट अन्तिम चरणको लागि पाँच जना छनोट भएका थिए । नव मिथिला फाउन्डेसनका अध्यक्ष अमित कुमार साहका अनुसार आज (शनिबार) आर्ट एंड क्राफ्टको आयोजना नोचा पोखरीको डिलमा भयो ।

प्रकाशित मिति: २०२४-०२-१० , समय : २०:५७:३५ , ३ महिना अगाडि

error: Content is protected !!