२९ आषाढ २०८१, शनिबार
2024-07-13

शान्तिवन देखि चन्द्रमा सम्म–२

राजीव कुशवाहा 252  पटक हेरिएको

देवानगञ्ज । सुनसरीको बर्जुगाउँपालिका ५ सितागंजमा रहेको एभरेष्ट साईन्स सेन्टरले एभरेष्ट साईन्स सेन्टरले नयाँ बर्षको उपलक्षमा ‘शान्तिवन देखि चन्द्रमा सम्म–२’ को आयोजना गर्ने भएको छ। चन्द्रमाबाट ल्याईएको पौने चार अर्ब बर्ष पुरानो चट्टान (ढुंगा) प्रर्दशन गर्दै ‘शान्तिवन देखि चन्द्रमा सम्म–२’ को आयोजना गर्ने भएको हो।

अमेरिकी अन्तरीक्ष संस्था नाशाका वैज्ञानिकहरुले पृथ्वीबाट ३ लाख ८४ हजार किलोमिटर टाढा रहेको चन्द्रमाबाट ल्याएका ढुंगा साईन्स सेन्टरमा प्रर्दशन गर्ने तयारी गरिएको शुक्रबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी गराएको छ । चन्द्रमाको ढुंगा ल्याउने बिषयमा अमेरिकी अन्तरीक्ष संस्था नाशासंग सहमति भएर अनुमति समेत प्राप्त भईसकेको एभरेष्ट साईन्स सेन्टरका संचालक वैज्ञानिक दीलिप अधिकारीले बताउनुभयो । उहाँले ‘शान्तिवन देखि चन्द्रमा सम्म–२’ शिर्षकमा आउदो नयाँ बर्ष २०८१ बैशाख ३ गतेदेखी साढे ६ महिनासम्म चन्द्रमाको ढुंगा प्रर्दशनमा राखिने जानकारी दिनुभयो ।

अमेरीकी अन्तरीक्ष यान एपोलो १७ बाट चन्द्रमामा पुगेका अन्तरिक्षयात्री हैरिसन एच जैक स्मिटले २०२९ साल मंसिर २६ गते ल्याएका चट्टानको टुक्रा प्रर्दशन गर्न लागिएको हो । सो समयमा अपोलो १७ यानबाट ८ किलो १ सय १० ग्रामको चन्द्रमाको चट्टान ल्याईएकोमा त्यसैबाट टुक्र्याईएको १ सय २० ग्राम तौल रहेको टुक्रा एभरेष्ट साईन्स सेन्टरमा प्रर्दशन गरिने भएको छ ।

नाशाका बैज्ञानिकहरुले उक्त चट्टानको नाम मेयर बासल्ट नामाकरण गरेका छन । उक्त चट्टान ३ अर्ब ७५ करोड बर्ष पुरानो रहेको जनाईएको छ । नाशाले उक्त चट्टानलाई पृथ्वीको वातावरण र मौसमले कुनैपनि प्रतिकुल असर नपार्नेगरि पारदर्शी सुरक्षा कवचभित्र राखेको जनाईएको छ अधिकारीले बताउनुभयो ।

अधिकारीका अनुसार चट्टान प्रदर्शन गर्ने क्रममा नाशाका वैज्ञानिकहरुले समेत नेपालको साताव्यापी भ्रमणगर्ने छ । उनिहरुले काठमाण्डौ,लुम्बिनी,नेपालगंज र धनगढीमा पुगेर विज्ञानका विद्यार्थीहरु माझ अन्तरिक्ष र चन्द्रमा सम्बन्धि प्रस्तुतीकरण दिने कार्यक्रम तय गरिएको छ ।

नेपालको पहिलो विज्ञान केन्द्रकोरुपमा रहेको एभरेष्ट साईन्स सेन्टरको २०५८ सालमा स्थापना भएको थियो । यसअघि २०७० सालमा समेत साईसन्स सेन्टरले दुई महिनासम्म सोहि ढुंगा ‘शान्ति वन देखि चन्द्रमा सम्म’ शिर्षकमा प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति: २०२४-०२-११ , समय : ०८:४१:१८ , ५ महिना अगाडि

error: Content is protected !!