२३ बैशाख २०८१, आइतबार
2024-05-05

पोखरीको घाटमा कला र शिल्प कोर्दै छात्र-छात्राहरू

अनुराग साह / जनकपुरधाम

जनकपुर

जनकपुरधाम। यतिबेला जनकपुर साहित्य महोत्सवको रंगमा रंगीन थालिएको छ । जनकपुर साहित्य महोत्सवको पांचौ संस्करणको तैयारी द्रुत गतिमा अगाडि बढेको छ । यसै क्रममा जनकपुरधाम- नव मिथिला फॉउन्डेशनको आयोजनामा आज कला र शिल्प (आर्ट एंड क्राफ्ट) प्रतियोगिता सम्पन्न भएको छ।

जनकपुरको नोचा पोखरि डिलमा स-सना विद्यार्थीहरू कला-शिल्प प्रदर्शन गरेका छन । कार्यक्रममा जनकपुरधामका मेयर मनोज साहले प्रमुख अतिथिको रुपमा संबोधन गर्दै छात्र-छात्रालाइ आफुभित्र रहेको क्षमता र शिप देखाउने यो राम्रो अबशर रहेको बताउनु भ । प्रमुख साहले सहभागी छात्र-छात्रालाइ बधाई दिदै कार्यक्रमका आयोजक नव मिथिला फॉउन्डेशनलाइ यस्ता आयोजनको निरन्तरता दिन सुझाव दिएका थिए ।

प्रतियोगितामा जनकपुरधाममा निजी तथा सामुदायिक विद्यालयबाट ३५ जना छात्र छात्राले सहभागिता जनाएका थिए । प्रतिस्पर्धाबाट उत्कृष्ठ प्रथम , द्वितीय र तृतीयलाइ फाल्गुन १२ गते आयोजन हुने जनकपुर साहित्य महोत्सवको प्रमुख मंच मैं पुरस्कृत गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष अमित साहले जनाए । कार्यक्रममा गायक ललित कामतले सहभागी छात्र-छात्राको मनोवल बढाउन मैथिली लोकगीत गाएर हौशला बढाएका थिए। गायक कामत सहित पत्रकार विकास साह, मिश्रीलाल मधुकर, युवा नेता राकेश विक्रम साह, वडा सदश्य नीतू मल्लीक , निर्णायक मण्डलका विजय दत्त मणि लगायतलाइ संस्थाले सम्मान समेत गरेका थिए ।

कला र शिल्पमा प्रथम हुनेलाइ २१ हजार, द्वितीयलाइ ११ हजार र तृतीयलाइ ५ हजार १ सय नगद सहित कदर पत्र प्रदान गरिने छ।

 

प्रकाशित मिति: २०२४-०२-११ , समय : २२:३६:५० , ३ महिना अगाडि

error: Content is protected !!