२४ बैशाख २०८१, सोमबार
2024-05-06

जनकपुर साहित्य महोत्सव भोलि बाट सुरु हुँदै

अनुराग साह / जनकपुरधाम

जनकपुरधाम। जनकपुर साहित्य महोत्सव भोलि बाट सुरु हुने भएको छ। जनकपुरमा विगत चार वर्षदेखि हुँदै आएको जनकपुर साहित्य महोत्सव भोलि बिहिबार बाट पाँचौ संस्करण सुरु हुने भएको हो।

जनकपुरधामस्थित जानकी मन्दिर प्राङ्गनमा निरन्तरत चार वर्ष जनकपुर साहित्य महोत्सव सफलता पुर्वक सम्पन्न गर्दै पाँचौ संस्करणको साहित्य महोत्सवको आयोजना गरेको मंगलबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिए। नव मिथिला फाउन्डेखको आयोजनामा प्रत्येक वर्षको फागुनमा हुने साहित्य महोत्सव यसपटक पनि फागुनको १०,११ र १२ गते गरि तीन दिवसिय हुनेछ। विगत चार वर्षदेखि जनकपुरधामस्थित जानकी मन्दिर प्राङ्गनमा भइरहेको महोत्सव केही प्राविधिक कारण यस पटक राम मन्दिरको प्राङ्गनमा हुने नव मिथिला फाउन्डेसनका अध्यक्ष अमित साहले बताए।

कुनै विशेष विषयमा वृहत छलफल, चर्चापरिचर्चा, आलोचना समालोचना, विचार विमर्श, गन्थन मन्थन र चिन्तन, बहस, एकल पर्वचन जनकपुर साहित्य महोत्सवको मूल मर्म हो। यसपटक पनि महोत्सबमा साहित्य, शिक्षा, स्वास्थ्य, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा, संस्कारजस्ता विषयहरू समेटिएको छ। साथै तीनै दिन सांगितिक कार्यक्रमहरू समाविष्ट गरिएको छ आयोजकले बताए ।

आयोजकका अनुसार विगत चार वर्षदेखि फाउन्डेसनले जनकपुरधामलाई साहित्यीक रंगमा रग्याउने काम गरेको यहाँहरूलाई विदित्तै छ। यसपटक पनि फाउन्डेसनले पाँचौ जनकपुर साहित्य महोत्सव अन्तर्गत विभिन्न विषयहरुको उठान गर्ने जमर्को गरेको छ।

तीन दिन चल्ने महोत्सवमा ‘चाहियो रंगशाला’, ‘किताबउपर समिक्षा’, ‘कसरी हुन्छ निर्णय?’, ‘नव उद्यमी र उद्यमशीलता’, ‘स्वास्थ्य मधेश’, ‘सम्पदा, संस्कार र साहित्य’, ‘शिक्षाको नयाँ आवश्यकता र परिभाषा’, ‘मधेशको श्रम यात्रा’, ‘बोल्ने स्वतन्त्रत, ‘संस्कृतिक सम्बन्धको डोरी’, ‘मौन चित्कार’ र ‘संघीयता, गलत अभ्याम वा कमजोर परिकल्पना’ जस्ता शिर्षकमा विमर्श गराउने तयारी फाउन्डेस्रले गरेको छ। १४ वटा प्यानल डिस्वस्र र चारवटा एकल प्रवचन गरी १८ वटा विषय महोत्सवमा समेटिएको छ भने तीनै दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरू सांगीतिक कार्यक्रममा सरिक भइ आफ्नो प्रस्तुती दिने अध्यक्ष साहले बताए ।

अध्यक्ष साहका अनुसार विगत तीन वर्षदेखि फाउन्डेसनले वक्तृत्वकला प्रतियोगिता गराइ स्थानीय विद्यार्थीलाई सर्वोत्कृष्ट अवसर दिँदै आएको थियो। यसपटक फाउन्डेस्रले केवल वक्तृत्वकलामा मात्रै होइन कि कविता र शिल्पकलामा पनि अवसर दिने अभ्यासको शुरुआत गरेको छ। माघ २५,२६ र २७ मा भएको अन्तरविद्यालयको छनोट प्रतियोगिताबाट छानिएका ५ जना विद्यार्थीले महोत्सवमा हुने निर्णायक प्रतियोगितामा आफ्नो कला प्रस्तुत गर्ने अवसर पाउनेछन् र विजयताले पुरस्कार हासिल गर्नेछन्।

महोत्सवमा किताबको लोकार्पणदेखि स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय कलाकारको प्रस्तुतीसँगै विद्यार्थी, राजनीतिज्ञ, कलाकार, संगीतकार, लेखक, पत्रकार र साहित्यप्रेमीहरुको उपस्थिति रहनेछ।

प्रकाशित मिति: २०२४-०२-२१ , समय : २१:१८:५३ , २ महिना अगाडि

error: Content is protected !!