२० बैशाख २०८१, बिहिबार
2024-05-02

श्रीलङ्कामा अहिलेसम्म कै सबै भन्दा बढी डेंगीका बिरामी ; ५ जनाको मृत्यु

आर्य न्युज /Aarya News

कोलम्बो। श्रीलङ्कामा अहिलेसम्म कै सबै भन्दा बढी डेंगीका बिरामीहरू भेटिएका छन् । सन् २०२४ मा अहिलेसम्म १५ हजारभन्दा बढी डेंगीका बिरामीहरू भेटिएका हुन्। डेङ्गी सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको राष्ट्रिय डेंगी नियन्त्रण एकाइले शुक्रबार जनाएको छ।

एकाइद्वारा गरिएको पछिल्लो अपडेट अनुसार जनवरीमा १० हजार ४१७ जनामा सङ्क्रमण पाइएको छ भने फेब्रुअरीमा ४ हजार ९९६ जनामा सङ्क्रमण देखिएको छ ।

पश्चिमी प्रान्तमा सबैभन्दा बढी ५ हजार २७५ जनामा सङ्क्रमण देखिएको छ भने उत्तरी प्रान्तमा ३ हजार ६६७ जनामा सङ्क्रमण देखिएको छ । गत वर्ष ८८ हजार जना डेंगीका बिरामी फेला परेका थिए जसमा ५७ जनाको सङ्क्रमणबाट मृत्यु भएको थियो।

प्रकाशित मिति: २०२४-०२-२४ , समय : १५:५०:०६ , २ महिना अगाडि

error: Content is protected !!