२७ बैशाख २०८१, बिहिबार
2024-05-09

एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसार पसार गर्ने १ जना पक्राउ

आर्य न्युज /Aarya News

देवानगञ्ज । एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसार पसार गर्ने १ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिराटनगर महानगरपलिका-८ का ४८ बर्षीय जयदेव चेल रहेका छन् । चेललाई धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट शनिवार प्रहरीले पक्राउ गरेको हो।

एम्बुलेन्समा गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्दा उक्त एम्बुलेन्स भित्र लुकाई छिपाई राखेको ५२ केजी गाँजा बरामद भएको थियो ।

लागुऔषध गाँजा बरामद भए संगै चालक चेललाई समेत पक्राउ गरिएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०२-२५ , समय : २०:०६:३२ , २ महिना अगाडि

error: Content is protected !!