२० बैशाख २०८१, बिहिबार
2024-05-02

व्यापारी राजश्व तिर्न तयार ! भन्सार कार्यालय लिन अस्विकार !

कोशी प्रदेश सम्वाददाता

देवानगञ्ज । नेपाल भारत जोगवनी बजारबाट सामान ल्याउने व्यक्ति एवं व्यापारीहरुले सहजरुपमा सामान ल्याउन सकेको छैन। अहिले जोगवनी बजारबाट दैनिक १० लाख भन्दा बढीको सामान खरिद गरेर विराटनगर हुँदै पुर्वको विभिन्न स्थानमा ल्याउने क्रम जारी रहेको छ। भन्सार कर्मचारी र सशस्त्र प्रहरी बलको टोलीले सामान हेर्दै केहि सामानहरु घरायिसी प्रयोजनको हो भनेर कुराको निक्योल गरि सामान छोरी दिने गरेको छ।

जोगवनी बजारबाट सामानहरु व्यापारिक प्रयोजनको लागि आइरहेका छन्। यसरी आउने सामान मध्ये कपडा, चामल, काजु, मटर, मरिच, विस्कुट, चिनी लगायतका सामान रहेका छन्। व्यापारी प्रयोजनको सामानहरु नयाँ भन्सारबाट ल्याउनु पर्ने नियम बनाएपनि थोरै सामान किनेर विराटनगर बजार ,इटहरी, धरान लगायतका बजारहरुमा पुर्याउने व्यापारीको उक्त बाटो सहज नहुने हुँदा पुरानो भन्सार बिन्दु बाटै सामान ल्याउने गरेका छन्। यसरी ल्याएको सामानहरुको राजश्व लिन यात्रु शाखाबाट असमर्थ रहेको जानकारी गराउने काम भईरहेको छ।

विराटनगर भन्सार कार्यालय बाटै यात्रु वा व्यापारीले ल्याएको सामानको लाग्ने राजश्व लिनु भनेर जानकारी नगराएको कारण यात्रु शाखाका कर्मचारीले चाहेर पनि राजश्व संकलन गर्न सकेको छैन्न। जोगवनी बजारबाट व्यापारी प्रयोजनको लागि र घरायिसी प्रयोजनको लागि सामानहरु आइरहेको छ। भन्सार कार्यालयले राजश्व लिने वातावरण बनाउने तर्फ कदम चालेमा राजश्व उठन सक्ने तर्क केहि व्यापारीको रहेको छ। हामीहरु जोगवनी देखि कपडा साथै खाद्यान्न सामान ल्याउछौं राजश्व तिर्न तयार छौं सो वातावरण बनाउने तर्फ सरोकार वाला निकायको ध्यान जानु जरुरि छ व्यापारीको भनाइ रहेको छ।

यस विषयमा विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेद्र राज ढकाल संग जिज्ञासा राख्दा खाद्यान्नको हकमा कारेन्टीन परिक्षण गर्नु पर्ने प्रावधान रहेको र सो ठाउँ बाट सो सम्भव नहुँदा राजश्व संकलन गर्न नसकेको कुरा बताउनु भयो। हुन त हामीले भन्सार नकाटेपनि सामान गई रहेको छ यसबाट राजश्व गुमिरहेको प्रमुख भन्सार अधिकृत ढकालले बताउनु भयो। यस तर्फ आफुले के गर्न सकिन्छ गर्ने तर्फ अग्रसर हुने ढकालको भनाइ रहेको छ।  ..

प्रकाशित मिति: २०२४-०२-२७ , समय : २१:२९:११ , २ महिना अगाडि

error: Content is protected !!