२० बैशाख २०८१, बिहिबार
2024-05-02

टि–२० क्रिकेट प्रतियोगिताले अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने– मुख्यमन्त्री कार्की

मनोज दाहाल

देवानगञ्ज । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगरमा हुने राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताबाट प्रदेशमा अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउनु भएको छ।

प्रदेशमा फागुन २२ गतेदेखि हुने टि –२० राष्टिय क्रिकेट प्रतियोगिताको कोशी ट्रफिको आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा अनावरण गर्दै यो प्रतियोगिता विराटनगरको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकट रंगशाला हुनु गौरव भएको र प्रतियोगिताबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुने विश्वास व्यक्त्त गर्नु भयो ।

उहाँले क्रिकेटको पहिचानको रुपमा रहेको सो रब्शाला यस क्षेत्रमा निर्माण हुनु खुशी एवं गौरवको कुरा हो भन्दै प्रतियोगिता सञ्चालनबाट रबशालाका सम्पूर्ण पूर्वाधार निर्माणमा सहयोग पुग्ने विचार राख्नु भयो । मुख्यमन्त्री कार्की प्रदेश सरकार खेल क्षेत्रलाई युवामैत्री’को रुपमा खेललाई आगाडि वढाउने र रोजगारसँग जोडिन कार्य गरिरहेको बताउनु भयो । मोरब जिल्ला क्रिकट संघका अध्यक्ष मोहम्मद साद कुरैसी(वावु)ले प्रतियोगिता सञ्चालनबाट यस क्षेत्रका युवाहरुलाई क्रिकेटप्रति आकर्षण वृद्धि गर्नुका साथै राष्ट्रियस्तरमा खेलाडी उत्पादनमा सहयोग पु¥याउने विश्वास जनाउनु भयो ।

यही फागुन २२ गतेदेखि चैत ३ गतेसम्म विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्र्तराष्ट्रिय रंगशाला हुने प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय गरी १० टीमको सहभागिता रहने अध्यक्ष कुरैसीले जानकारी दिनु भयो । प्रतियोगितामा बिजेता हुने टीमलाई रु पाँच लाख तथा उपविजेतालाई रु तीन लाख पुरस्कार प्रदान गरिने छ। यसैगरी प्रतियोगितामा सम्पन्न गर्न रु ७५ लाख खर्च लाग्ने अनुमान गरिएको छ।

प्रतियोगिता लिगको आधारमा हुनेछ । प्रतियोगिता अन्तर्गत दैनिक दुई खेल हुने छ भने यसवाट प्रदेशको क्रिकेट खेलको स्तरवृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ। प्रतियोगिताका लागि खेलाडी आउने क्रममा जारी रहेको छ। रासस

प्रकाशित मिति: २०२४-०३-०४ , समय : १८:१६:१९ , २ महिना अगाडि

error: Content is protected !!