२४ आश्विन २०८१, शुक्रबार
2024-10-11

कृषकहरुको सिचाई समस्या समधान हुँदै : पालिकाद्वारा इलेक्ट्रो मोटर पम्प वितरण

राजीव कुशवाहा 1130  पटक हेरिएको

देवानगञ्ज । देवानगञ्ज गाउँलिकाका कृषकहरुको सिचाई समस्या समधान हुने भएको छ। कृषकहरुले लामो समय देखि भोग्दै आएको सिचाई समस्या समधान गर्न पालिकाले इलेक्ट्रो मोटर पम्प वितरण गर्ने कार्य सुरु गरेको छ। पालिकाले खेत खेतमा विद्धुतिकरण सहित कृषि मिटर भएका कृषकहरुलाई इलेक्ट्रो मोटर पम्प वितरण गर्ने कार्य सुरु गरेको हो।

देवानगञ्ज गाउँपालिका एउटा कृषि प्रधान पालिका हो। यहाँका करिब ९० प्रतिसत जनता कृषिमा आश्रित छन्। देवानगञ्ज गाउँपालिकाका किसानहरुको लामो समय देखिको समस्या भनेको सिचाई नै रहेको हो। यहाँका किसानहरुले सिचाइको बेला डिजल नपाउने पाए पनि मोटो रकम तिर्नु पर्ने समस्यामा थियो। विभिन्न दलका नेताहरु उक्त समस्या समधान गर्न चुनावको बेला भाषण दिने काम मात्र गरेको देखियो। कसैले समधान गर्ने तर्फ लागेका थिएन्।

किसानहरुलाई सिचाई समस्या बाट मुक्त गर्न देवानगञ्ज गाउँपालिकाकाले खुसी किसान देवानगञ्जको पहिचान नाराको साथ विद्धुतिकरण योजना सहित किसानहरुलाई इलेक्ट्रो मोटर पम्प वितरण गर्ने कार्य पहिलो चरणको सुरु गरेको छ। करोडौ रकम लगतमा सुरु गरेको विद्धुतिकरण वडा नुम्बर २ , ३ , ४ र ५ भईराखेको छ भने वडा नम्बर १ , ६ र ७ मा सुरु हुने अवस्थामा रहेको देवानगञ्ज गाउँलिकाका अध्यक्ष बेचन प्रसाद मेहताले बताउनु भयो। मेहताका अनुसार पालिकाका केहि नेताहरुले गर्दा विद्धुतिकरणमा ढिलाई भएको बताउनु भयो।

गत वर्ष ५० प्रतिसत पालिकाको र ५० प्रतिसत संघिय सरकारको लगातमा विद्धुतिकरण गरेका थिए भने यस वर्ष ६० प्रतिसत पालिकाको र ४० प्रतिसत संघिय सरकारको लगानीमा गर्दै छौं उहाँले बताउनुभयो। पालिका बाट कुनै किसिमको पक्ष पात नगरी कृषि मिटर भएका सम्पूर्ण किसानलाई इलेक्ट्रो मोटर पम्प वितरण गर्ने कार्य सुरु गरेको अध्यक्ष मेहताले बताउनु भयो।

गत वर्ष नै पालिकाले ८० प्रतिसत अनुदानमा इलेक्ट्रो मोटर पम्प वितरण गर्ने सूचना सार्वजनिक गरेको थियो। उक्त सुचनाको आधारमा कृषि मिटर भएका ३ सय २४ जान आवेदन दिएको कुरा देवानगञ्ज गाउँलिकाका प्रमुख प्रशासिकीय अधिकृत राम राज पौडैलले बताउनुभयो। आफु हरु संग प्रयाप्त मोटर नभएकोले गत वर्ष बढ्न नसकेको उहाँले बताउनुभयो। यस वर्ष करिब ७२ लाख ५० हजार बराबरको सबैलाई पुग्ने गरि ३ सय २४ थान इलेक्ट्रो मोटर पम्प खरिद गरेको उहाँले बताउनु भयो। मोटर वितरण गरेको केहि महिना पछि अनुगमन गर्ने कसैले बेचेको पाइएमा कारवाही गर्ने अधिकृत पौडेलले बताउनुभयो।

पालिकाले आइतबार किसानको लागि इलेक्ट्रो मोटर पम्प वितरण कार्यक्रमको आयोजना गरि पहिलो चरणमा इलेक्ट्रो मोटर पम्प वितरण गर्ने सुरु गरेको कृषि सेवा शाखाले जानकारी दिएको छ। कृषि शाखाको आयोजनामा सम्पन्न भएको इलेक्ट्रो मोटर पम्प वितरण कार्यक्रममा २ सय ७८ जान कृषकले इलेक्ट्रो मोटर पम्प लागेको कुरा कृषि सेवा शाखाका प्राविधिक गुलाब चन्द मेहताले जानकारी दिनु भयो। मेहताका अनुसार लिन छुटेकाहरु कृषि सेवा शाखामा सम्पर्क गरि लिनसकिने छ। नयाँ कृषकको हकमा अर्को सुचना निकाले उहाँले बताउनु भयो।

प्रकाशित मिति: २०२४-०३-०४ , समय : १८:४९:५७ , ७ महिना अगाडि

error: Content is protected !!