०९ बैशाख २०८१, आइतबार
2024-04-21

रंगेलीमा आगलागी हुँदा सन्थाल बस्ती जले

कोशी प्रदेश सम्वाददाता

विराटनगर । मोरङको रंगेलीमा आगलागी हुँदा सन्थाल बस्तीका सबै घर जलेका छन्। शनिवार अपरान्ह रंगेली नगरपालिका वडा नम्बर ३ बाबुसाहेब टोलमा रहेका सन्थालका २३ वटा घर जलेका हुन् । सन्थालहरुले बाँस, सन्ठी जस्ता स्थानीय सामग्री प्रयोग गरी बनाएका सबै घरहरु जलेका छन्।

स्थानीयवासी ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी बल , रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, सुन्दरहरैंचा नगरपालिका लगायत आसपास क्षेत्रका पालिकाहरुको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिए। प्रहरीका अनुसार क्षतिको विवरण संकलन भइरहेका कारण यकिन भन्न नसकिने जानकारी दिए ।

सन्थाल बस्तीको छानो माथिबाट टाँगिएको विद्युतको तार एक आपसमा छोएर आगलागी भएको स्थानीयवासिन्दाले बताएका छन् ।

जंगली सतारको फुसको छाना भएको घरबाट सल्किएको आगो टोलैभरी फैलिएको जनाइएको छ । त्यहाँ विद्युतको तार पर्याप्त मात्रामा नतानिएका कारण एकआपसमा ठोक्किएर आगो लागेको भन्दै उनीहरुले प्राधिकरणप्रति आक्रोस पोखेका छन् ।

आगलागी पीडितहरुलाई अहिले सुरक्षित स्थानमा राख्ने र खाद्यान्नको व्यवस्थापन गर्ने काम भइरहेको जनप्रतिनिधीहरुले बताएका छन् ।

प्रकाशित मिति: २०२४-०३-१६ , समय : २१:३४:४२ , १ महिना अगाडि

error: Content is protected !!