२७ बैशाख २०८१, बिहिबार
2024-05-09

संखुवासभामा खुकुरी प्राहरबाट १ जनाको मृत्यु

आर्य न्युज /Aarya News

देवानगञ्ज। संखुवासभामा खुकुरी प्राहरबाट १ जनाको मृत्यु भएको छ । संखुवासभाको सभापोखरी गाउँपालिका वडा नम्बर २ ज्यामिरे स्थित खुकुरी प्राहरबाट रविन चाम्लिङ राईको मृत्यु भएको छ ।

गत शुक्रबार बेलुका विक्रम राईको घरमा धामी राखेको ठाउँमा गएका स्थानीय २९ बर्षीय रविन चाम्लिङ राई र २६ बर्षीय सहन्शिल राई बिच आपसि विवाद हुँदा सहन्शिल राईले रविन चाम्लिङ राईलाई धारीलो हतियार खुकुरी शरिरको बिभिन्न भागमा प्रहार गरि घाईते बनाई फरार भएका थिए । घाईते रविन चाम्लिङ राईको जिल्ला अस्पताल संखुवासभामा उपचार पश्चात थप उपचारको लागि धरान घोपा पठाईएकोमा उपचारको क्रममा शनिबार बिहान साढे ७ बजे मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी धुपुबाट खटिएको प्रहरी टोलीले हत्यामा संलग्न सहन्शिल राईलाई पक्राउ गरेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट अन्य थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: २०२४-०३-१७ , समय : १८:५६:४५ , २ महिना अगाडि

error: Content is protected !!