०९ बैशाख २०८१, आइतबार
2024-04-21

बर्जूमा भिषण आगलागी : करिब ५० लाख बराबरको छाती

राजीव कुशवाहा

देवानगञ्ज। सुनसरीको बर्जूमा भिषण आगलागी हुँदा २७ घर जलेका छन्। बर्जू गाउँपालिका वडा नम्बर ४ स्थित जयनगर मुस्लिम टोलमा आइतबार दिउँसो ३ बजेरतिर बिसुनदेव पौदारको घरबाट सुरु भएको आगो बस्तीमा फैलिदा सो घर जलेका हुन्।

स्थानीयवासिन्दा ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी बल र विभिन्न पालिकाबाट पुगेका ६ वटा दमकलले आगलागी नियन्त्रणमा लिएको वडाध्यक्ष विनोद बहादुर गुरुङले बताउनु भयो। वडा अध्यक्ष गुरुङका अनुसार आगलागी बाट करिब ५० लाख बराबरको छाती भएको छ। देवानगञ्ज , बर्जू र हरिनगर गाउँ पालिकाको संयुक्त दमकल लामो समय देखि बिग्रेको छ। जस कारण आज बर्जुमा ठुलो छाती भएको उहाँले बताउनु भयो। आगलागीबाट सबै घर पूर्ण रुपमा जलेको छ।

आगलागीबाट मानवीय क्षति नभएपनि केही मानिसहरू आगो निभाउने क्रममा घाइते भएका छन्। पशुचौपाया जलेर मरेको छ । घरबाट सरसामान निकाल्न न पाउँदा सबै जलेर नष्ट भएको वडा अध्यक्ष गुरुङले बताउनु भयो।

आगलागी पीडितहरूलाई तत्काल बस्न खानको लागि व्यवस्थापन गर्न लागेको उहाँले बताउनु भयो।

यता देवानगञ्ज , बर्जू र हरिनगर गाउँ पालिकाको संयुक्त दमकल लामो समय देखि बिग्रेको छ। मर्मतमा दिएको करिब एक महिना भन्दा बढी भएको छ। तर मर्मत भएको छैन। जसकारण यी पालिका हरुमा आगलागी हुँदा अन्य पालिका बाट दमकल मगाउनु पर्छ।

प्रकाशित मिति: २०२४-०३-१७ , समय : २०:५६:५४ , १ महिना अगाडि

error: Content is protected !!