२७ बैशाख २०८१, बिहिबार
2024-05-09

लागुऔषध ब्राउन सुगर र औषधी सहित ५ जना पक्राउ

Aarya News

देवानगञ्ज । झापा र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

आइतबार बेलुका ६ बजे झापाको दमक नगरपालिका- ८ स्थितमा बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले स्थानीय १९ बर्षीय शेखर परियार र २१ बर्षीय रोहित साहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट लुकाईछिपाई राखेको अवस्थामा लागुऔषध ब्राउन सुगर ५ ग्राम बरामद गरी पक्राउ गरेको छ ।

यसै गरी हिजो दिउसो साढे १२ बजे इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले हिजो १ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर सहित २३ बर्षीय मनिष चौधरीलाई कन्काई नगरपालिका- ८ बाट पक्राउ गरेको हो ।

यसै गरी हिजै बेलुका सवाँ ६ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका- ७ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगर र अस्थाई प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरी टोलीले साइकलयात्रीलाई शंका लागि चेकजाँच गर्ने क्रममा साइकल चालक स्थानीय २० बर्षीय रोहन राई र सोही साइकलमा पछाडी सवार बराहक्षेत्र- २० का समिर दर्जीको साथबाट नोफिन, एभिल, डाइजेपाम, ट्रमानिल, नाइट्रोसन, प्रोमेथोजिन गरी जम्मा ५६ ट्याब्लेट र सिरिन्ज ४ थान फेला पारी पक्राउ गरिएको छ ।

पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: २०२४-०३-१८ , समय : २०:०१:५९ , २ महिना अगाडि

error: Content is protected !!