०९ बैशाख २०८१, आइतबार
2024-04-21

इनरुवामा साइवर सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

सुनसरी सम्वाददाता

इनरुवा । सुनसरीको इनरुवामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत एक दिने साईवर सुरक्षा सचेतना कार्यक्रम आज सम्पन्न भएको छ । इनरुवा जेसीजको आयोजना र जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा एक दिने साईवर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

स्मल हेभेन एकेडेमी इनरुवा–३ का विधार्थीहरुलाई वर्तमान अवस्थामा बढ्दै गएको साईवर अपराध सम्वन्धी जानकारी गराइएको थियो । सामाजिक सञ्चाल मार्फत दिनप्रतिदिन बढ्दै गएको साइवर अपराधलाई न्युनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इनरुवा जेसीले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि सुनसरी प्रहरीका प्रमुख प्रहरी उपरीक्षक बिपिन रेग्मीले समुदाय प्रहरी साभेदारी कार्यक्रम अन्र्तगत विधालयमा अध्ययनरत विधार्थीहरुलाई सचेतना जगाउने उद्देश्यले प्रहरीले कार्यक्रम गर्दै आएको बताउनुभयो ।

समाजमा बढ्दै गइरहेको साइवर अपराधको चंगुलमा नफस्न विधार्थीहरुलाई उहाँले आग्रह गर्नुभएको छ । साइवर अपराधका घटनाहरुको बारेमा प्रहरीलाई निर्धक्क भएर खबर गर्न पनि विधार्थीहरुलाई उहाँले अनुरोध गर्नुभएको छ । साईवर अपराधबाट सुरक्षाका चुनौतीहरु थपिदै गएको हुदाँ सजग र सचेत रहनुपर्ने प्रहरी उपरीक्षक रेग्मीको भनाई छ । उधोग वाणिज्य संघ इनरुवाका अध्यक्ष बीरेन्द्र शाहले साइवर अपराधले आत्महत्याको संख्या बढ्दै गएको हुदाँ यस्ता गतिविधिमा नलाग्न पनि विधार्थीहरुलाई आग्रह गर्नुभयो । विधार्थीहरु मुलुकको मेरुदण्ड भएकाले साइवर अपराधमा नलाग्न र गोप्यनियता राख्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा साइवर अपराधका घटनाहरु बढ्दै गएको हुदाँ इनरुवा जेसीजले सचेतना जगाउनका लागि विधालय स्तरमा कार्यक्रमको आयोजना गरिएको इनरुवा जेसीज वर्ष २०२४ का अध्यक्ष बिकेश मेहताले बताउनुभयो । कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका अध्यक्ष मेहताले इनरुवा जेसीजले बिभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको र युवाहरुको नेतृत्व क्षमता विकाससँगै सचेतना जगाउने अभियानलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक वविन राईले सहजीकरण गर्नुभएको थियो । इनरुवा जेसीजका महासचिव सत्य नारायण यादवले सञ्चालन गर्नुभएको कार्यक्रममा ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०३-२२ , समय : १९:३२:५० , ४ हप्ता अगाडि

error: Content is protected !!