२० बैशाख २०८१, बिहिबार
2024-05-02

गुणस्तरीय शिक्षाले समाजलाई सही बाटो देखाउने : मुख्यमन्त्री कार्की

मनोज दाहाल / रासस

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजलाई सही बाटो देखाउन बाललिकालाई गुणस्तर शिक्षा दिनु आवश्यक रहेको बताउनु भएको छ।

नारदमुनि– पवित्रा लुईटेल स्मृति कोष मोरब ग्रामथान गाउँपालिका–२ द्वारा शुक्रवार झोराहाटमा आयोजित । झिलकुमारी लुईटेल स्मृति पत्रकारिता पुरस्कारवाट सञ्चारकर्मी सुशिला पाठकलाई नगद सहित सम्मान गर्दै उहाँले अभिभावकले आफ्नो बावालिकालाई शिक्षाप्रति अभिप्रेरित गरेमा समाज र राष्ट्रको उन्नतिमा सहयोग पुग्ने धारणा राख्नु भयो । मुख्यमन्त्री कार्कीले अब्कको आधारमा विद्यार्थी उत्कृष्ट नहुने चर्चाै गर्दै कक्षा कोठा वाहिर चौर पनि रोजगार र शिक्षाको केन्द्र भएको उद्हारण खेलाडी कुसल भूर्तेल र दिपेन्द्र ऐरिले क्रिकेटको माध्यमबाट कायम गरेको विश्व किर्तिमानबाट देखिएको बताउनु भयो ।

उहाँले कपि र कलम भन्दा वाहिरको गला र मेहनतबाट नेपालको नाम विश्वमा राख्न सफल गायिका मेनुका पौडेल रहेको गर्दै शिक्षकले कक्षा कोठामा भएका सम्पूर्ण विद्यार्थीहरुको योग्यता , शिपको सम्मानवाट मुलुकमा परिवर्तन आउने धारणा राख्नु भयो । एक फरक प्रसबमा मुख्यमन्त्री कार्कीले भन्नु भयो – वर्तमान प्रदेश सरकार सविधान भन्दा वाहिर एक मिनेट पनि सञ्चालन नगर्ने दुढता व्यक्त गर्दै संघमा गठबन्धन फेरिदै यो सरकार नफेरिने दावी गर्नु भयो । उहाँले प्रदेश सभा सदस्यहरुले वर्तमान कोशी सरकार संविधानको कुन धाराको आधारमा वहुमत प्राप्त भएको त्यो हेर्न समेत आग्रह गर्नु भयो ।

कोषका अध्यक्ष शंकरप्रसाद लुइँटेल र सरस्वती माविका प्रधानअध्यापक अशोक लुइँटेलले सम्पूर्ण विद्यार्थीहरुलाई समान व्यवहार र सिकाईप्रति विशेष जोड दिने गरेको विचार राख्नु भयो । सोही अवसरमा मुख्यमन्त्री कार्कीले सरस्वती विद्यालयका जेहन्दार छात्रछात्रा र उत्कृष्ट र निवर्तमान शिक्षकहरुलाई नगद सहित सम्मान गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०३-२२ , समय : १९:५६:४६ , १ महिना अगाडि

error: Content is protected !!