सर्लाही । सर्लाहीमा चैत्र १५ गतेदेखि देशभर एकसाथ संचालन हुने माध्यमिक शिक्षा परीक्षा(एसइइ) मा १० हजार भन्दा बढी विद्यार्थीहरु सहभागी हुने भएका छन ।
जिल्लाका २० वटै स्थानिय तहका ३८ वटा परीक्षा केन्द्र मार्फत १० हजार ८९६ जना विद्यार्थी सहभागि हुन लागेको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए । १०५ वटा सामुदायिक विद्यालयका ९ हजार ५६२ र वटा संस्थागत विद्यालयबका एक हजार ३३४ जना विद्यार्थी सहभागी हुदै छन, प्राविधिक सहायक कुशवाहाले भने । १५८ जना ग्रेड बृद्वि परीक्षा सहभागि हुदै आएका छन । यो बर्ष हरिपुर नगरपालिका वार्ड १ स्थित पाँचकुमार लक्ष्मिणिया मावि हजारबिघामा पहिलो पटक नयाँ परीक्षा केन्द्र तोकिएका छन ।
गतबर्षको तुलनामा यो बर्ष करिब एक हजार परीक्षार्थी थप भएकाले नयाँ परीक्षा केन्द्र तोक्नु परेको प्राविधिक सहायक कुशवाहाको भनाई छ । परीक्षा संचालनका लागि ३८ जना केन्द्राध्यक्ष, ७३ जना सहायक केन्द्राध्यक्ष, ५४४ जना निरिक्षक, १०३ जना परीक्षा सहायक र २२० जना कार्यालय सहयोगी समेत गरी एक हजार १६ जना जनशक्ति परिचालन गरिएको परीक्षा समन्वय समिति सर्लाहीले जनाएको छ ।
परीक्षाको सम्पूर्ण तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्रमुख रामवृक्ष महतोले जानकारी दिए । जिल्लाका ३८ वटै परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पुर्याउने काम समेत भइसेका छन, उहाँले भने । प्रश्नपत्र समेत परीक्षा केन्द्रका नजिकको ईलाका प्रहरी कार्यलयमा पुर्याउने काम भइसकेका छन ।
परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन शिक्षा विकास समन्वय इकाइ सर्लाहीले माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८० सञ्चालन तथा व्यवस्थापन सम्बन्धी केन्द्राध्यक्षहरूसँगको १ दिने अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिसककेको उहाँको भनाई छ ।
परीक्षालाई मर्यादित र थप व्यवस्थित बनाउनका लागि ४६ बुंदे आचारसंहिता सहित निर्देशन जारी गरिएको परीक्षा समन्वय समिति सर्लाहीका प्रमुख तथा प्रजिअ कोमल धमलाले बताए । परीक्षालाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा संचालनका लागि हामी पूर्ण रुपमा प्रतिबद छौं र त्यस्तै हामीले व्यवस्था गरेका छौं, प्रजिअ धमलाले भने ।
परीक्षालाई मर्यादित बनाउन पूर्ण रुपमा सचेत रहेका छौं। सिसिटिभी जडान गरिएको परीक्षा केन्द्रलाई परीक्षा समन्वय समितिको कार्यलयबाटै निगरीनी गरिनुको साथै परीक्षा समन्वय समिति, स्थानिय तह, ईलाका प्रशासन र इलाका सुरक्षा निकायबाट समेत परीक्षा अवधि भर नियमित अनुगमनको व्यवस्था गरेको उहाँको भनाई छ ।
परीक्षाको सवालमा शून्य सहनशिलता लागु गरि परीक्षालाई अमर्यादित बनाउने जो कोहीलाई कडा कार्वाही गरिने बताउदै अर्मादित बनाउने क्षाम नहुनेमा फेरी उहाँले जिकिर गरे ।
प्रकाशित मिति: २०२४-०३-२७ , समय : १९:५५:५९ , ६ महिना अगाडि