२० बैशाख २०८१, बिहिबार
2024-05-02

विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षाको अध्यापन गराउनु गर्नुपर्छ : पूर्व राष्ट्रपति भण्डारी

मनोज दाहाल / रासस

विराटनगर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यार्थीहरुलाई विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउन पर्ने सुझाव दिनु भएको छ।

महेन्द्र मोरब आदर्श वहुमुखी क्याम्पस विराटनगरको स्वतन्त्र विद्याथी युनियनद्वारा सोही क्याम्पसमा आज आयोजित पुरस्कार वितरण, सम्मान, नयाँ विद्यार्थी स्वागत, झण्डोत्तोलन र स्वास्थ्य शिविरको उद्घाटन गर्दै उहाँले वर्तमान अवस्थामा स्वदेश तथा विदेशलाई आवश्यक पर्ने प्रतिष्पर्धी दक्ष जनशक्ति उत्पादनमा शिक्षालयले विशेष ध्यान पु¥याउन सुझाव दिनु भयो ।

पूर्व राष्ट्रपति भण्डारीले नयाँ अध्ययन र अनुसन्धानमार्फत लोक कल्याणको क्षेत्रमा नयाँ सिर्जना एवं अविष्कार गरी विश्वमा मुलुकको नामको कीर्तिमान राख्न विद्यार्थीहरुलाई अनुरोध गर्नु भयो । उहाँले खाद्य सुरक्षा , जलवायु परिवर्तनको अनुकुलता र मुलुकको अर्थतन्त्र सवल बनाउने विषयमा विद्यार्थीहरुले विशेष ध्यान दिनु पर्ने बताउनु भयो ।

पूर्व राष्ट्रपति भण्डारीले भन्नु भयो – चिकित्सक, अर्थशास्त्री, उद्यमी, इन्जिनियर ,नेता तथा समाजसुधारक उत्पादन गर्ने शिक्षालय केन्द्र भएकोले यसको विकासका लागि सहमतीको आधारमा संघीय सरकारले २० प्रतिशत बजेट विनियोजन गर्नु पर्ने पर्छ । क्याम्पसका प्राचार्य रामावतार शरण,युनियनका सभापति जशवन्त पौडेल,सचिव सनिम ठकुरी,अखिल क्रान्तीकारीका अभिमन्यु यादव, अनेरास्ववियुका जोसेफ घिमिरे र रिता न्यौपाने मुलुकलाई आवश्यक पर्ने जनशक्ति उत्पादनमा क्याम्पसले विशेष ध्यान दिएकोले यसको समग्र विकासका लागि आवश्यक सहयोगको आग्रह गर्नु भएका छन् ।

सोही अवसरमा पूर्व राष्ट्रपति भण्डारीले विभिन्न खेलकुद प्रतियोगिताका विजयी , दोस्रो राष्ट्रिय डोरीतान प्रतियोगितामा स्वर्ण पदक विजेता मनिष खतिडालाई प्रमाणपत्र वितरण गर्नुका साथै क्याम्पसका विद्यार्थीहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट दिने सम्झौता पत्रमा हस्ताक्षर गर्ने विराटनगरमा विभिन्न अस्पतालहरुलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०३-२९ , समय : १९:५७:३९ , १ महिना अगाडि

error: Content is protected !!